५ चैत्र २०८२, बिहिबार | March 19, 2026

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो



काठमाडौं । मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो ।

चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो । अहिले उद्धार कार्य चलिरहेको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो ।

मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए ।यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।

उनीहरू सोमबार लुक्ला पुगेका थिए । एक रात त्यहाँ बसेर आज काठमाडौँ फर्किँदै थिए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १२ : ५७ बजे

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज