काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारकालागि आजै बिहान लगिएकोमा अस्पताल पुगेको केहीबेरमा उनको निधन भएको हो ।
माओवादी केन्द्रको सल्लाहकार समितिकी सदस्य रहेकी सीताको आज बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ । उनी ६९ वर्षकी थिइन् ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।
प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि अस्वस्थ थिइन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ । अन्तिम संस्कार भने दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ ।




















प्रतिक्रिया