२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बगान हेर्दा सेन्सरमा सबैका आँखा रसाए : सुरेश वाग्ले



काठमाडौं । आगामी शुक्रबार अर्थात् असार २९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘बगान’ को जाँचपासका क्रममा त्यहाँ सेन्सर गर्न उपस्थित सदस्यको आँखा रसाएको निर्माता सुरेश वाग्लेले बताए । उनले सामाजिक सञ्जालमार्फत आफूसमेत भावुक बनेको जानकारी दिएका छन् । ‘सेन्सर गर्न उपस्थितले फिल्म मन पराए । उनीहरूको मनसम्म पुगेको फिल्मले आँखामार्फत भावना व्यक्त गर्‍यो । उहाँहरुको आँखामा आँसु देख्दा म पनि भावुक भएँ’, निर्माता वाग्लेले भने ।

यस्तै सो खुलेसँगै आफूलाई पायक पर्ने हल र सोमा दर्शकले अग्रिम टिकेट बुकिङ गर्न थालेकाछन् । पारिवारिक कथामा बनेको फिल्मको मंगलवबारनै खुलेको बुकिङमा दर्शकको चासो देखिएको छ । पारिवारिक कथामा निर्माण भएको फिल्मले एकल आमाको जीवन, संघर्ष, पारिवारिक र सामाजिक अपेक्षासँगै शिक्षाले जीवनमा ल्याउने परिवर्तनलाई प्रस्तुत गर्ने अभिनेता तथा डेब्यु निर्देशक सरोज खनालले बताए ।

‘यो फिल्म एउटा परिवारका सम्पूर्ण सदस्यले हेर्न मिल्ने गरी बनाएका छौं । पूर्णरुपमा पारिवारिक फिल्म बनेको छ । साथै, युवापुस्ताको प्रेम कथा पनि छ’, निर्देशक खनालले भने ।

यसमा नीर शाह, सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्ममार्फत अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

‘मंगलवारदेखि नै काठमाडौँ र मोफसलमा समेत बुकिङ्ग खुलिरहेको छ । केहीमा खुलिसकेका छन् भने बुधवार साँझसम्ममा अधिकाँस सो खुलिसक्नेछन्’, वितरक करण श्रेष्ठले भने,’अग्रिम बुकिङ्ग मंगलवारदेखि नै खुल्नु हल संचालकले समेत फिल्म प्रति विश्वसनीयता देखाएका हुन् ।’

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १० : ५२ बजे

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ