४ पुस २०८२, शुक्रबार | December 19, 2025

आर्थिक संकटमा परेको पाकिस्तानलाई आईएमएफले ३ अर्ब डलर ऋण दिने



इस्लामबाद । लामो समयपछि पाकिस्तानले राहत पाएको छ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ठूलो राहत दिएको छ । आईएमएफले पाकिस्तानको ३ अर्ब अमेरिकी डलर बेलआउट कार्यक्रमलाई अन्तिम स्वीकृति दिएको छ ।

आईएमएफका एक अधिकारीले भने कि कार्यकारी बोर्डले पाकिस्तानलाई सहयोग गर्न एसडीआर २,२५० मिलियन (३ अर्ब अमेरिकी डलर) को लागि नौ महिनाको स्ट्यान्ड-बाय व्यवस्थालाई अनुमोदन गरेको छ । पाकिस्तानलाई आर्थिक संकटबाट बाहिर निकाल्न बेलआउट कार्यक्रम स्वीकृत गरिएको आईएमएफले जनाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आईएमएफको स्वीकृतिले तत्कालै १.२ बिलियन अमेरिकी डलर निकासा गर्न अनुमति दिएकाे छ ।

बाँकी रकम दुई त्रैमासिक समीक्षा पछि चरणबद्ध रूपमा वितरण गरिनेछ। आईएमएफको शर्त पूरा गर्न पाकिस्तानले साउदी अरेबियाबाट २ अर्ब अमेरिकी डलर र युएईबाट १ अर्ब अमेरिकी डलर मागेको थियो ।

प्रधानमन्त्री शहबाज शरीफले बेलआउट कार्यक्रममा खुसी व्यक्त गरे । शरीफले ट्वीट गर्दै भनेका छन् कि आईएमएफ को कार्यकारी बोर्डले केहि समय अघि अमेरिकी डलरको स्ट्यान्ड-बाय सम्झौता स्वीकृत गरेको थियो । बेलआउट कार्यक्रम अर्थतन्त्रलाई स्थिर बनाउन सरकारको प्रयासको परिणाम हो ।

आईएमएफको सहयोगमा तत्काल र मध्यकालीन आर्थिक चुनौतीहरू पार गर्न सकिन्छ । यसले पाकिस्तानको आर्थिक अवस्था मजबुत हुनेछ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ७ : १३ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा