६ श्रावण २०८३, बुधबार | July 22, 2026

भानुभक्त जन्मस्थलको विकासमा गम्भीर छौँ : मुख्यमन्त्री पाण्डे



तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घाको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

भानु जन्मस्थल विकास समितिको आयोजनामा भानु नगरपालिका–४ चुँदीरम्घामा शुक्रबार आयोजित दुई सय १०औँ भानु जयन्तीका अवसरमा उनले भानु जन्मस्थलको विकास गरी चुँदीरम्घालाई साहित्यिक गन्तव्यका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अग्रसर रहने बताए । आफूले भानु जन्मस्थलको पहिलो पटक अवलोकन गरेको र पर्याप्त विकास हुन नसकेकोमा दुःख लागेको मन्त्री पाण्डेको भनाइ छ ।

“मैले पनि पहिलो पटक भानुभक्त जन्मिएको घरलगायत संरचनाको अवलोकन गर्ने अवसर पाएँ”, मुख्यमन्त्री पाण्डेले भने, “तर भानु जन्मस्थलको जति विकास हुनुपर्ने हो, त्यति हुन सकेको जस्तो लागेन । यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने गरी अघि बढ्ने छौँ ।”

आदिकवि भानुभक्त आचार्यले साहित्यको माध्यमबाट नेपाली भाषा र साहित्यलाई विदेशसमेतमा चिनाउन सफल योगदानको सबैले कदर गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विभिन्न सङ्घ संस्थासहित प्रदेश र सङ्घीय सरकारको सहयोगमा भानु जन्मस्थलको विकासका लागि देखिने गरी काम अघि बढाउन आफूहरू सकारात्मक रहेको बताए ।

“यो वर्ष भानु जन्मस्थलको विकासमा हामी तीव्ररूपमा लाग्ने छौँ”, नगरप्रमुख त्रिपाठीले भने, “त्यसका लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौँ ।”

उनले भानु जन्मस्थल विकास समितिद्वारा प्रकाशित पुस्तक भानुभक्तको रामायणसमेतको विमोचन गरेका थिए । कार्यक्रममा साहित्यको क्षेत्रबाट योगदान पु¥याउने साहित्यकार काशीनाथ न्यौपाने, मेदिनी शर्मा र साम्पा उपाध्यायलाई नगद पुरस्कारसहित र दोसल्लाले सम्मान गरिएको थियो ।

रामायण वाचन प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने क्रमशः आराध्या ढकाल, स्वाधीनता पौडेल र प्रस्तुती आचार्यलाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी कविता प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने क्रमशः नवलपुरका दयाराम पौडेल, तनहुँका विवेक पराजुली र विनायक नेपालीले नगदसहित पुरस्कार प्राप्त गरेका थिए ।

भानु जयन्तीको अवसरमा स्थानीयवासीले विभिन्न जातीय झाँकी प्रदर्शन गरेका थिए । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाट, साहित्यकार तथा आदिकवि आचार्यका खनातीहरू काशिराज आचार्य र विधान आचार्यलगायतले भानुभक्तको योगदानको चर्चा गर्दै संरक्षणमा सबै पक्षबाट पहल हुनुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ४० बजे

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।