१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नेपालगन्जमा कोरा च्यालेन्ज २०२३ सम्पन्न



नेपालगन्ज । साइकल प्रेमिहरुको महोत्सवका रूपमा मनाइदै आएको कोरा साइक्लिङ च्यालेन्ज २०२३ नेपालगन्जमा सम्पन्न भएको छ । ५ औं सस्करणको कोरा च्यालेन्ज २०२३ भब्य रुपमा सम्पन्न भएको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

कोरामा यसवर्ष ७ बर्षिय अभिनब चौधरी लगायत ६५ जना साईक्लिष्टको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालगन्ज एस.ओ.एस. युवालयका डाइरेक्टर तुलाराम बिश्वास सहित युवालयका सदस्यहरुको पनि सहभागीता रहेको थियो ।

नेपालगन्ज बौद्ध गुम्बाबाट शुरु गरिएको कार्यक्रमको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईं साईकल चलाएर शुभारम्भ गरेका थिए । साइकल यात्रीहरूले नेपालगन्जको बौद्ध गुम्बा, जामा मस्जिद, बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्वारा, ज्योतिचर्च, त्रीशक्ती मन्दिर हुँदै चौलिक्का, ढोडे गाउँ, शिवपुरा इन्डो– नेपाल बोर्डर हुँदै जोगागाउ मन्दिर भएर ३० किलोमिटरको यात्रा पुरा गरेर साइकल यात्रीहरु नेपालगन्ज फर्किएका थिए ।

५०र७५र१९९ किलोमीटरको यात्रा तय गरेको साइक्लिस्टहरुले बर्दियाका केहि स्थल परिक्रमा गरि नेपालगन्ज फर्किएका थिए भने एउटा समुह अगैया हुँदै नेपालगन्ज फर्किएको क्लबका सचीव प्रदीप सापकोटाले जानकारी बताए ।

कार्यक्रमलाई भब्य र उत्सव तथा उल्लासमय वातावरणमा सम्पन्न गर्न सहभागिता जनाउने सम्पुर्ण साइकल यात्रीलाई आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष निरौलाले धन्यवाद दिएका छन् । उनले आगामी दिनमा साइक्लिङका थप कार्यक्रम समेत आयोजना गरिने पनि बताए ।

कार्यक्रमका लागि कुनै पनि सरकारी तथा गैर सरकारी सस्था तथा व्यावसायिक प्रतिष्ठानबाट सहयोग नलिएर स्वयं सहभागी आफ्नै खर्चमा स्वतस्फूर्त सम्पन्न गरिएको समेत क्लबले जनाएको छ ।

 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ११ : ०३ बजे

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा