९ बैशाख २०८३, बुधबार | April 22, 2026

भ्रष्टचारको आरोपमा सिंगापुरका यातायात मन्त्री पक्राउ



सिंगापुर । सिङ्गापुरका यातायात मन्त्री एस इसवरन पक्राउ परेपछि जमानतमा रिहा भएका छन् । उनलाई देशको भ्रष्टाचार विरोधी निकाय भ्रष्टचार अभ्यास अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

उनको राहदानी जफत गरिएको छ । एस ईश्वरन बाहेक अर्बपति होटल व्यवसायी ओङ बेङ सेङसमेत पक्राउ परेका छन् । ओङ पनि सर्तसहित रिहा भएका छन् ।

ओङ होटल प्रोपर्टीज लिमिटेडका संस्थापक र प्रबन्ध निर्देशक हुन् । तिनीहरूसँग एशिया र प्रशान्तमा धेरै उच्च तहका होटल र रिसोर्टहरू छन् ।

सिंगापुरका यातायात मन्त्री एस इसवरन सत्तारुढ पीपुल्स एक्शन पार्टीका सदस्य हुन् । उनी पहिलो पटक सन् १९९७ मा वेस्ट कोस्ट जीआरसीबाट सांसद निर्वाचित भएका थिए । ईश्वरन व्यवसायी ओङसँगै फर्मुला वान रेसिङका साथ सरकारी गतिविधिमा सक्रिय रूपमा संलग्न रहेका छन् । जो हालै भ्रष्टाचार मुद्दामा पक्राउ परेका हुन् ।

सीपीआईबीले मन्त्रीले हाल चलिरहेको अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ। प्रधानमन्त्री ली सिएन लुङले इस्वारानलाई हप्ताको सुरुमा बिदामा जान आदेश दिए । लीले भने कि भ्रष्टाचार विरोधी निकायले ईश्वरन र अन्यलाई सोधपुछ गर्ने औपचारिक अनुसन्धानको लागि उनको स्वीकृति मागेको थियो।

साथै, उनको जमानत रकम बढाएर एक लाख सिंगापुर डलर गरिएको छ । यसअघि यो रकम ७६ हजार सिंगापुर डलर थियो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : ३८ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका