५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

खजुराको क्यान्सर अस्पताललाई भारत सरकारको तर्फबाट बस र एम्बुलेन्स प्रदान



खजुरा । नेपालको नारायणी नदी पश्चिमको एक मात्र क्यान्सर अस्पताल सुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई भारत सरकारले १ थान एम्बुलेन्स र १ थान बस उपलब्ध गराएको छ ।

भारतीय राजदुताबासमा आज एक कार्यक्रमकाबीच अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईलाई एम्बुलेन्स र बस हस्तान्तरण गरिएको छ । नेपाल सरकारका माननीय शिक्षा,विज्ञान तथा प्रविधी मन्त्री अशोक कुमार राई र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा १ थान एम्बुलेन्स तथा १ थान बस हस्तान्तरण गरिएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए।

नेपालगन्ज देखि ८ किलो मिटर पश्चिम रहेको अस्पताल सम्म पुग्न स्थानीय यातायात ब्यवसायीहरुले सार्वजनिक यातायातको ब्यवस्था नगरिदिँदा अस्पताल पुग्ने बिरामीलाई सास्ती खेप्न परिरहेको थियो । अस्पतालको आफ्नै एम्बुलेन्स र बस भएपछि अस्पतालको सेवा लिने विरामीहरुलाई सहज हुने अस्पतालका मेसु डा. भट्टराईले विश्वास ब्यक्त गरे । स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको अस्पतालको अनुरोधलाई छोटो समयमै सम्बोधन गरिदिएकोमा भारतीय दुतावास परिवारलाई उनले धन्यवाद दिए ।

धार्मिक अगुवा संत दीनदयालजीको संकल्पमा जनसहयोगबाट स्थापना भएको सो अस्पताल २०७२ सालमा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि संघीय सरकारले संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १२ : २३ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन