१० भदौ २०८३, बुधबार | August 26, 2026

नेपालका ६ वटा ल्यावमा सःशुल्क पीसीआर परीक्षण गर्न पाईने, वीरगन्जमा सःशुल्क सेवा सुरु अन्यमा तयारी गरिँदै



बुटवल । सरकारले बिभिन्न ६ वटा ल्यावहरुलाई स:शुल्क पीसीआर परीक्षण सेवा दिन स्वीकृति दिएसँगै स्वीकृति पाएका ल्यावहरुले सःशुल्क पीसीआर परीक्षणको सेवा दिन सुरु गरेका छन् । कतिपय अस्पतालमा रहेका ल्यावहरुले मन्त्रालयको पत्र प्राप्त भएलगत्तै शुल्क लिएर सेवा दिन सुरु गरेका छन् भने कतिपय ल्यावमा पहिले नै पालो कुरेर बसेका स्वावका नमुनाको संख्या ठूलो रहेको भन्दै केहि दिन पछिमात्र सःशुल्क सेवा सुरु गर्ने तयारी गरेका छन् ।

सरकारको निर्णयसँगै पर्सामा शुल्क तिरेर इच्छुकले पीसीआर टेष्ट गराउन पाउने सेवा शुरु भएको छ।

सशुल्क प्रयोगशाला तोकिएपछि नारायणी अस्पतालले सूचना गरेर शंकास्पद, कन्ट्याक्ट् ट्रेसिङमा परेका वा इच्छुक जो कसैले पीसिआर गराउन सकिने सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए।

लुम्बिनी प्रादेशिक अस्पतालले भने क्वारेन्टाइनबाट संकलन भएर आएका स्वावको नमुना परीक्षण गर्न बाँकी रहेकाले ती नमुनाहरुको परीक्षण सकिएपछि मात्र सशल्क परीक्षण सेवा सुरु गर्ने जनाएको छ । लुम्बिनी अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले क्वारेन्टाइनबाट आएका स्वाव परीक्षण नै धेरै बाँकी रहेकाले ती नमुनाको परीक्षण सकेपछ मात्र सेवा सुरु गर्ने गरी अस्पतालले तयारी गरेको जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सशुल्श पीसीआर परीक्षणको सुरुवात नभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आवश्यक मापदण्डहरु निर्धाण गरेरमात्र सशुल्क परीक्षणको व्यवस्था गरिने निर्देशनालयका कोरोना नियन्त्रण तथा रोथाम कार्यक्रमा प्रवक्ता बिनोद बिन्दु शर्माले बताए । आफले सञ्चामाध्यमबाटै स्वास्थ्य विज्ञान प्रतिष्ठान सःशुल्क परीक्षणको अनुमतिप्राप्त ल्यावमा परेको कुरा थाहा पाएको बताउँदै शर्माले आवश्यक तयारीपछि मात्र सेवा सञ्चालन गर्न सकिने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको असार २४ गतेको निर्णय अनुसार स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले गरेको परिपत्र अनुसार मोफसलका ६ वटा ल्याबमा शुल्क तिरेर पीसीआर परीक्षणको लागि स्वीकृति दिइएको हो।

प्रदेश १ मा कोशी अस्पताल विराटनगर, प्रदेश २ को नारायणी अस्पताल वीरगन्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला, लुम्बिनी अस्पताल बुटवल, प्रादेशिक जनस्वास्थ्य सुर्खेत, प्रादेशिक प्रयोगशाला धनगढीमा कोभिड–१९ प्रोटोकल बाहिरका सर्वसाधारणले ५ हजार ५ सय रुपैयाँ तिरेर परीक्षण गराउन सकिने निर्देशन जारी गरिएको थियो।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : ५४ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका