१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

एन आई सी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा,अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने



काठमाडौ । एन आई सी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा नामको अर्को एक उत्कृष्ट योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकमा मुद्दती निक्षेपका राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाखसम्मको कर्जा तुरुन्तै पाइने योजना ल्याएको हो ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध ‘Apply for Loan Against FD’ विकल्प जान सक्नेछन् ।

उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रू। २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ ।

उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकहरूको खातामा तुरुन्तै जम्मा हुनेछ ।

साथै, यस योजनमार्फत रू२ लाखभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहक महानुभावहरूले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सकिनेछ ।

यसरी मुद्दती खाता कर्जा प्राप्त गर्नुहुने ग्राहक महानुभावहरूले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्नेछ ।

न्यूनतम ५ हजार कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ५ : ११ बजे

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने