१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

समर्थन मूल्यमा बिक्री भएन धान, किसान सकसमा



बारा । सरकारले धानको सर्मथन मूल्य तोके पनि बारा जिल्लामा भने धान खरिदकर्ता र किसानहरु दुविधामा परेका छन । सरकारले धान खरिदकर्ता सहकारी र ब्यापारीहरुलाई अनुदान नदिएसम्म समर्थन मूल्यमा धान किन्न नसकिने बारा जिल्लाका धान खरिदकर्ताहरुले बताएका छन ।

हालैमात्र सरकारले मोटा प्रजातिका धानहरु, बिजी, राधा ४, सारो, सोनाको खरिद समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रूपैयाँ तोकेको छ यो गत वर्षको तुलनामा ३ सय ३० रूपैयाँले बढी हो । स्थानिय बजारमा मोटा प्रजातिकाको धानको मूल्य २८ सयदेखि २९ सय प्रतिक्विन्टल रहेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्री लाल सहनीले जानकारी दिए ।

यस्तै मध्यम प्रजातिका धानहरुमा सोना मनसुली, साबित्री लगायत धानको खरिद मूल्य ३ हजार ३६२ रूपैया प्रतिक्विन्टल तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २ सय ३४ रूपैयाँ बढी हो । सरकारको मातहतको खाद्य संस्थानले पहुँचवाला र आफनो अनुकुल अनुसार समर्थन मूल्यमा धान खरिद गर्ने डुमरवानाका किसान माधव पाण्डेको आरोप छ ।

सरकारमा कर्मचारीतन्त्र हाबी भएकाले साना किसानलाई त धानको समर्थन मूल्य तोकेकोमा ‘कागलाई बेल पाक्यो हर्ष न बडाई’ भने जस्तो भएको उनको भनाई छ ।

गत वर्ष बाराका किसानले सरकारी मूल्य पाउने आशामा खाद्य संस्थान वीरगन्जमा बेच्न लगेको धान विभिन्न कारण देखाएर संस्थानले खरिद गर्न नकिने बताए पछि व्यापारीको मूल्यमा बेच्न बाध्य भएको किसान मनहर्वाका प्रदिप मगरले गुनासो गरे ।

यता तराईको धानको मूल्य भने सरकारले तोके जस्तो नहुने र भारतको मूल्यमा निर्भर हुने भएकाले समर्थन मूल्यमा सरकारले नै खरिद गर्नुपर्ने संघका अध्यक्ष मिश्रीलाल सहनी बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ७ : ४५ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो