१५ पुस २०८२, मंगलबार | December 30, 2025

लमजुङमा ६५ प्रतिशत रोपाई



लमजुङ ।  साउनको पहिलो हप्ता बित्नै लाग्दा सम्म लमजुङ जिल्ला भित्र करिब ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो ।

रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रदा रोपाई ढिलो भएको छ । अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरु पानी पर्ने र खेत रोप्न पाउने आशामा बसेका छन् ।

जिल्लाको राईनास, मध्यनेपाल, बेसीसहर, क्व्होंला सोथार र दोर्दीका केही ठाउँहरुमा धान रोपाई अझै बाँकी रहेको उनले बताए । रेग्मी भन्छन, ‘वर्तमान समयमा पशु महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको कारण पनि किसानहरु मारमा परेको र रोपाई ढिला भएको हाे र यतिखेर पानी नपरेका कारण रोपेको धानखेत समेत सुक्ने अवस्थामा पुगेको छ ।’ कृषि ज्ञान केन्द्रका अनुसार विविध कारणले गत बर्ष भन्दा केही कम मात्रामा जिल्लामा धान खेति हुने प्रक्षेपण गरिएको उनले बताए ।

कुलो र नहर नलाग्ने साथै पानी नपर्दा मूल पलाउन नसकेका कारण टारी खेतका किसानले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता छ । असारको पहिलो दोश्रो हप्ता पानी परेर रोप्न सकिने भए पनि समयमा पानी नपरे पछि समय मै बीउ राख्न नपाएकोले पनि समयमै धान रोप्न नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने प्रक्षेपण गरिएको छ ।

विशेष गरी लमजुङको धमीलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटार लगायतका क्षेत्र धानका प्रमुख पकेट क्षेत्र मानिन्छ। जिल्लाका केहि सिमसार क्षेत्रहरुमा चेतै धान खेति समेत हुने गरेको पाईन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : ०९ बजे

सन्तान प्राप्तिको कामनाले पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं । आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ

आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान