६ पुस २०८२, आइतबार | December 21, 2025

कार दुर्घटनाको आरोप लागे पछि न्युजिल्याण्डका न्याय मन्त्रीले दिए राजिनामा



वेलिङटन । न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनलाई कार दुर्घटनाको आरोप लागेपछि उनले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

दुर्घटना वेलिंगटनमा भएको थियो र त्यसपछि प्रहरीले किरी एलेनलाई हिरासतमा लिएको थियो। न्यूजील्याण्डको सार्वजनिक सेवा रेडियो प्रसारक, रेडियो न्यूजील्याण्डका अनुसार न्याय मन्त्री किरी एलेनले कार दुर्घटना पछि राजिनामा दिएको हुन । उसका अनुसार उनी माथी लापरवाही तरिकाले ड्राइभिङ गरेको तथा एक पुलिस अधिकारीको आज्ञा पालन गर्न अस्वीकार गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।

वेलिङटनमा कार ठोक्किएपछि प्रहरीले आइतबार राति किरी एलेनलाई नियन्त्रणमा लिएको थियो । यो घटनापछि किरी एलेनले एक विज्ञप्ति जारी गर्दै आफूले तत्काल सबै पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सो घटनाबारे प्रहरीले एक विज्ञप्तिमा भन्यो कि,  राति ९ बजे रोजनेथको इभान्स बे परेडमा दुई कार एक आपसमा ठोक्किएको सुचना मिलेको थियो ।

प्रहरीलाई उद्धृत गर्दै आरएनजेडले भन्यो, ‘दुर्घटनामा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाको अवस्थाबारे अनुसन्धान गर्न प्रहरीलाई सहयोग गरिरहेको छ। दुर्घटनापछि केही समयका लागि सडक अवरुद्ध भएको थियो। तर दुर्घटनामा कोही पनि घाइते भएनन्।

प्रधानमन्त्री हिपकिन्सले भने कि टक्कर पछि एलेनलाई बेपरवाह ड्राइभिङ र गिरफ्तारीको प्रतिरोध गरेको आरोपमा वेलिंग्टन केन्द्रीय पुलिस स्टेशनमा पक्राउ गरिएको थियो र लगभग १ बजे रिहा गरिएको थियो। हिपकिन्सले न्याय मन्त्रीलाई अपराध गरेको आरोप लगाउनु ठीक नभएको पनि बताएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : १४ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल