२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

आजको मौसम : ६ वटा प्रदेशमा वर्षा हुने



काठमाडौं । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बांकी भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाकी भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । तसर्थ यसकारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : ५३ बजे

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको