६ पुस २०८२, आइतबार | December 21, 2025

हाम्रो अन्तर्राष्ट्रिय मान्यतामा सबैभन्दा ठूलो बाधक अमेरिका – तालिवान सरकार



काबुल । तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधा भएको बताएको छ । तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा यी कुरा भनेका हुन् ।

उनले सरकारले मान्यता पाउनका लागि सबै शर्त पूरा गरेको बताए । ‘यति हुँदाहुँदै पनि अमेरिकाको दबाबमा अन्य देशले हामीलाई चिन्न सकेका छैनन् । हामी अमेरिकाको दबाबमा नआएका देशहरूबाट मान्यताको लागि अपील गर्छौं । हामी चाहन्छौं कि विश्वका शक्तिशाली इस्लामिक देशहरूले हामीलाई सरकारको रूपमा मान्यता दिनुहोस्,’ उनले भने ।

आतंकवादी संगठन अलकायदासँग लड्न अमेरिकालाई सहयोग गर्ने प्रश्नमा मुजाहिदले भने कि यो अफगानिस्तानमा छैन । उनले भने कि अल कायदा अफगानिस्तानमा अवस्थित छैन, अन्यथा तिनीहरू कोसँग लड्ने छन् ।

उनले अमेरिका बारम्बार आफ्नो आकाशमा घुसपैठ गरिरहेकोसमेत आरोप लगाएका छन । ‘अब उनीहरूले यो काम रोक्नु पर्छ’ उनले भने ।

‘अफगानिस्तानको स्वतन्त्रताको सम्मान गर्नुपर्छ र अफगानिस्तानविरुद्ध कुनै पनि देशको भूमि प्रयोग गर्न नहुने बारम्बार भनिँदै आएको छ’, मुजाहिदले भने, ‘तर अमेरिकाले मानेको छैन ।’

मुजाहिदले अगाडी भने, ‘अफगानिस्तान अन्तर्राष्ट्रिय समुदायसँग वार्ता गर्न र उनीहरुको चासो सुन्न तयार छ ।’ साउदी अरेबियाले उनीहरुलाई मान्यता दिएमा थप ५८ मुस्लिम देशसँग वार्ता गर्ने तयारी गरिरहेको उनले जानकारी दिएका छन्  ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : २५ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल