२ श्रावण २०८३, शनिबार | July 19, 2026

रुसले राख्याे युक्रेनको आणविक प्लान्टमा माइन, राष्ट्रसंघले भन्यो, ‘कानून तोडने काम भयो



किभ । संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा एजेन्सीले रुसले युक्रेनको जापोरिझिया आणविक प्लान्टमा खानी बिछ्याएको पुष्टि गरेको छ ।

आईएईएका महानिर्देशक राफेल ग्रोसीले भने,  ‘रुसको यो कदमले सुरक्षा प्रक्रियाको उल्लङ्घन गरेको छ ।’ ती खानीहरू प्लान्टको बफर जोनमा आन्तरिक र बाह्य अवरोधहरू बीच अवस्थित छन् ।

आईएईएका अनुसार उनीहरूको अधिकारीले पछिल्लो निरीक्षणका क्रममा खानीहरू पनि देखेका थिए । एक विज्ञप्ति जारी गर्दै राफेलले भने – आणविक प्लान्टमा खानी बिछ्याउनु संयुक्त राष्ट्रसंघको मापदण्ड र सुरक्षा निर्देशन विपरीत हो । यसले त्यहाँ उपस्थित कर्मचारीहरूमा मनोवैज्ञानिक दबाब पनि सिर्जना गर्दछ ।

तर, आइएईएले भविष्यमा विष्फोट भए पनि प्लान्टको सुरक्षा प्रणालीमा नोक्सान नहुने पनि बताएको छ । आईएईएले ती खानी कर्मचारीलाई आवतजावत गर्न नपाइने ठाउँमा राखिएको बताएको छ । यी स्थानहरू रूसी सेनाको नियन्त्रणमा छन् ।

करिब २० दिन अघि युक्रेनले रुसले जापोरिजिया आणविक प्लान्टलाई नष्ट गर्न खोजेको आरोप लगाएको थियो । युक्रेनले आणविक प्लान्टको छतमा रुसले बारुदी र विस्फोटक पदार्थ राखेको बताएको थियो । यसपछि आइएईएले युक्रेनको दाबीको छानबिन गर्न भनेको थियो । यसका लागि रुसले आणविक प्लान्टमा थप पहुँचको माग गरेको थियो ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले गत महिना काखोभका बाँध ध्वस्त गरेको बताए । अहिले उसले आणविक संयन्त्रलाई ध्वस्त पार्ने तयारी गरिरहेको छ । आक्रमणको डरको बीचमा युक्रेनले प्लान्ट वरपरका क्षेत्रहरूमा पनि ड्रिल गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ८ : १० बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल