७ आश्विन २०८३, बुधबार | September 23, 2026

सोमबार मात्रै ५ हजार प्यालेस्टाइनीले उत्तरी गाजा छाडे : राष्ट्रसंघ



गाजापट्टी । गाजामा दुई भागमा बिभाजन गरिएकाे भाेलीपल्ट सोमबार मात्रै ५ हजार प्यालेस्टाइनी दक्षिणी सिमातर्फ सरेका छन ।

इजरायलले आइतवार घेरामा परेको एन्क्लेभलाई दुई भागमा काटेको घोषणा गरे पछि सोमबार मात्रै करिब ५ हजार मानिस उत्तरबाट दक्षिणी गाजातर्फ सरेको संयुक्त राष्ट्रका अनुगमनकर्ताहरूले बताएका छन् ।

इजरायलले सोमबार स्थानीय समय अनुसार १०ः०० देखि १४ः०० बजेसम्म मात्र चार घण्टाको लागि कोरिडोर खोलेको थियो,’ संयुक्त राष्ट्रले भन्यो, ‘अहिले प्यालेस्टिनीहरूले पैदल यात्रा मात्र गर्न सक्नेछन् किनभने मुख्य क्रसिंग जंक्शनमा जाने सडकहरू धेरै क्षतिग्रस्त भएका छन् ।’

‘बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू लगायत सम्पूर्ण परिवारहरूले आफ्नो व्यक्तिगत सामानहरू हातमा बोकेर अनिश्चित लामो दुरी हिँडेको रिपोर्ट आएका छन,’ संयुक्त राष्ट्रको राहत एजेन्सीले आफ्नो पछिल्लो दैनिक अपडेटमार्फत भनेको छ ।

‘आज त्यहाँ उत्तर गाजा र दक्षिण गाजा भनि बिभाजित गरिएको छ,’ इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले आइतबार पत्रकारहरूलाई भनेका थिए । उनका अनुसार इजरायल यतिखेर युद्धको महत्वपूर्ण चरणमा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ०९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११