२० माघ २०८२, मंगलबार | February 3, 2026

पैचो पसलको नयाँ शाखा रुपन्देहीको मणिग्राममा, आगामी वर्षलाई निर्यात वर्ष बनाउँदै



बुटवल । उच्च पहाडी तथा पहाडी भूभागको तरकारी र फलफूलको बिक्रि तथा प्रशोधन गर्दै आएको पैचो पसलले रुपन्देहीको मणिग्राममा आफ्नो शाखा विस्तार गरेको छ ।

उपभोक्ताहरुको अत्यन्त ठुलो माग आएपछि लकडाउन जारी रहेकै बेला थप शाखा विस्तार गरिएको पैचोले जनाएको छ । लकडाउनका कारण बुटवलको सुख्खानगरस्थित पैचोको बिक्रि कक्षसम्म तरकारी, फलफूल र पैचो उत्पादन खरिद गर्न जान कठीन भएको भन्दै उपभोक्ताले माग गरेपछि शाखा विस्तारको निर्णय गर्नु परेको पैचोले जनाएको छ ।

‘उपभोक्ताहरुले आफुलाई पायक पर्ने स्थानमा पैचो पसल खोल्न आग्रह गर्न आईरहेकाछन्। सम्भव भएसम्म थप अन्य शाखा पनि विस्तार गर्ने योजना छ’, पैचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने । भण्डारीका अनुसार मणिग्राममा विस्तार गरिएको पैचोको शाखामा ७० लाख बढी लगानी गर्ने योजना बनेको छ ।

निकट भविष्यमा नै रुपन्देहीको भैरहवा र बुटवलको होराईजन चोकमा पनि शाखा विस्तार गर्ने योजना बनाएको पैचो पसलका प्रमुख संचालन अधिकृत केशवराज न्यौपानेले बताए । ग्राहकको मागलाई आधार बनाएर प्राथमिकताका आधारमा शाखा विस्तार गर्दै जाने लक्ष्य लिइएको न्यैपानेले बताए ।

बिगत ४ वर्षको अनुभवलाई संगालेर पहाडका ताजा तरकारी, फलफूल र पैचोका उत्पादनलाई उपभोक्ताको घरघर पु-याउने प्रयत्न स्वरुप शाखा विस्तार थालिएको पैचो पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले बताए । ‘पहाडमा किसानको उत्पादन क्षमताको वृद्धिसँगै शाखा विस्तार पनि हुँदै जान्छ’, उनले भने ।

पैचोले किसानबाट तरकारी, फलफूलको प्रत्यक्ष खरिद गरी बिक्री गर्नुका साथै तरकारी र फलफूललाई प्रशोधन गरी विभिन्न खाद्य सामाग्री उत्पादन गर्दै आएको छ । पैचो पसलसँग आवद्ध किसानले गर्ने कृषि उपज उत्पादनका लागि पैचोले प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ । किसानलाई व्यवासायिक रुपमा उत्पादनमुखी बनाउन पैचोले कृषि पाठशाला समेत चलाइरहेको छ ।

अघिल्लो वर्षसम्म ६ वटा प्रदेशमा उपलब्ध रहेका पैचोका उत्पादनहरु अहिले नेपालका सबै प्रमुख बजारमा उपलब्ध रहेको प्रबन्ध निर्देशक न्यौपानेले जानकारी गराए ।

न्यौपानेका अनुसार आगामी वर्ष पैचोका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने योजना बनेको छ । विदेशमा रहेका नेपालीहरुको पनि पहिलो रोजाई बनेको पैचोका उत्पादनहरु अन्तरराष्ट्रिय बजार सम्म पु-याउने रणनीति तयार भएको न्यौपानेले बताए ।

अनौपचारिक रुपमा विदेश जाने नेपालीहरुले पैचो उत्पादन लैजाने गरे पनि गत वर्ष पैचोले औपचारिक रुपमा चीनको सांघाइमा आयोजित प्रथम चीन अन्तराष्ट्रिय आयात मेला (First China International Import Expo CIIE) मा सहभागिता जनाएर आफुलाई निर्यात योग्य कम्पनीका रुपमा चिनाएको थियो । कोरोना भाइरसको महामारी सुरु हुनुअघि पैचो पसलले वेलायत र अष्ट्रेलियामा आफ्नो उत्पादनलाई पठाइसकेको थियो भने खाडी मुलुकका कतार र यूएईमा समेत निर्यातको योजना बनाएको थियो ।

पैचोले अहिले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, सल्यान, रोल्पा, रुकुम, जुम्मासहित पश्चिमी पहाडका तरकारी, फलफूल तथा खाद्य उत्पादनहरु खरिद गरी प्रशोधन गर्दै आएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : ०८ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको