२० माघ २०८२, मंगलबार | February 3, 2026

एकसयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको नविकरण हुने



काठमाडौं । एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नविकरण हुने भएको छ ।

कोभिड १९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउ मार्फत एक वर्षका लागि सबै म्यानपावर कम्पनीको नविकरण गर्ने व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताए ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री यादवले कानूनमा न्यूनतम एक सय जना कामदार पठाए मात्र नविकरण हुने व्यवस्था रहेको र अहिलेको परिस्थितिका कारण कानून मन्त्रालयको सल्लाह बमोजिम बाधाअडकाउ फुकाउबाट नविकरण गर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा पठाउन लागिएको जानकारी दिए ।

यादवले यसअघि दुई पटक सम्म मन्त्री परिषदमा प्रस्ताव राखेको तर छलफल नभएपछि कानून मन्त्रालयको सहमति लिएर काम गर्न लागेको बताए । उनले वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण दिने संस्थाहरुको नविकरण गर्ने सम्बन्धमा भने कानून मन्त्रालयको सहमति नभएकाले नविकरण के गर्ने भन्ने अन्योल भएको बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेले सबै म्यानपावर कम्पनीको नविकरणको प्रक्रियाको सुरुवात गर्न माग गर्नुभयो । गैरेले असार मसान्तभित्र नविकरण भइसक्नुपर्ने व्यवस्था भएकाले अहिले नै नविकरणको प्रक्रियाको सुरुवात गर्नुपर्ने बताए ।
सरकारबाट निर्णय ढिलो हुँदा ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी बन्द हुने अवस्था आउन लागेको र असार मसान्त सकिन चार दिन मात्र बाँकी रहेकाले छिटो निर्णय गरी कम्तिमा नविकरणको प्रक्रियामा जान दिन गैरेले आग्रह गरे ।

छलफलमा सांसदहरुले एकसय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नविकरण गर्नुपर्छ भन्ने पक्षमा आफुहरु नरहेको तर अहिलेको परिस्थितिका कारण एउटा आर्थिक वर्षका लागि नविकरण गर्ने व्यवस्था छिटो मिलाउन आग्रह गरेका छन् ।

कानूनमा भएको व्यवस्था परिवर्तन गर्न नसकिने भएकाले सकेसम्म लचकता अपनाएर सहज बनाउन मन्त्रालयले नै अग्रसरता लिनुपर्ने सांसदहरुले बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारमा जाने नयाँ कामदारको श्रम स्वीकृति रोकिएको बताए । उहाँले पुनः श्रम स्वीकृति लिनेहरुका लागि भने अनलाइन प्रणाली मार्फत आवेदन दिन सकिने र तोकिएको दिन र समयमा आएर श्रम स्वीकृति नविकरण गर्न सक्ने व्यवस्था गरिएको बताए । उनले सात वटै प्रदेशका कार्यालयबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको समेत जानकारी गराए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि वैदेशिक रोजगार क्षेत्र प्रभावित भएको छ । सबै अन्तर्राष्ट्रिय उडान बन्द रहेको र श्रम स्वीकृति पनि बन्द भएका कारण म्यानपावर कम्पनी पूर्ण रुपमा बन्द भएका छन् ।

व्यवसायीहरुले न्यूनतम एक सय जना कामदार नपठाए नविकरण नहुने अवस्था आएपछि सहजिकरण गरी एक वर्षका लागि नविकरण गर्न दिन माग गर्दै आएका छन् । यस्तै अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : १२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको