३ पुस २०८२, बिहिबार | December 18, 2025

लाजिम्पाटस्थित चिनियाँ बस्ने घरमा राजश्व विभागको छापा, विमानस्थलमा पुनः अवैध सुन फेला



काठमाडौं । आन्तरिक राजश्व विभागले चिनियाँ नागरिकले भाडामा लिएको लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा साउन ४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका चिनियाँ लिङ चुवानले भाडामा लिएको उक्त घरमा विभागले बिहीबार छापा मारेको हो। उक्त घरबाट विभागको टोलीले महत्त्वपूर्ण कागजात र केही सामग्री बरामद गरेको जनाएको छ।

केही बाकसहरुसमेत बरामद गरिएको र उक्त बाकसमा सुन छ कि छैन भन्ने खुलाइएको छैन।

विभागले बुधबार मात्रै सुन ल्याउने रेडी ट्रेडर्स कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो। त्यहाँ ब्रेक शु बरामद भएको थियो।

विमानस्थलमा पुनः अवैध सुन फेला
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनस् अवैध सुन बरामद गरेको छ।

अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्रेको हो।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ९ : १० बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित