१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण



काठमाडौं । मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको  ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब उक्त विधेयकले कानुनको रुप लिएको छ ।

उक्त विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो । राष्ट्रिय सभाले उक्त विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले पनि संशोधनसहित पारित गरेर पुनः राष्ट्रिय सभा पठायो ।

बिहीबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट प्राप्त संशोधनसहितको उक्त विधेयकलाई पारित गरेको थियो । दुवै सदनले पारित गरेर प्रमाणीकरका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको थियो । सोही विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ३ : ४३ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति