२८ चैत्र २०८२, शनिबार | April 11, 2026

संक्रमितको संख्या थपिँदै गएपछि भारतको उत्तर प्रदेशमा ३ दिन लकडाउनमा कडाई



नेपालगञ्ज । भारत सरकारले लकडाउनलाई पूर्णरुपमा फिर्ता नलिएपनि कुहि खुकुलो बनाएको छ । लकडाउन खुकुलो भएकै कारण भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । भारत लगायत विश्वभर महामारीले उग्र रुप लिंदै गएपछि भारतको उत्तर प्रदेश सरकारले तीन दिनका लागि पूर्ण लकडाउनको घोषणा गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि भन्दै प्रदेश सरकारले १० जुलाई अर्थात् असार २६ गते राती १० बजेदेखि १३ जुलाई असार २९ गते विहान ५ बजेसम्मका लागि पूर्ण लकडाउनको घोषणा गरेको हो ।

नेपालगञ्जको भारतीय सीमावर्ती जिल्ला बहारइच अन्तर्गत आदर्श थाना रुपईडिहाले शुक्रवार जारी गरेको सूचनाअनुसार उक्त अवधिमा आवश्यक सेवाबाहेक हाटबजार, पसल निजी सवारी साधन र सामान्य आवागमनमा समेत प्रतिबन्ध लगाइएको छ ।

रुपईडिहा थानाका प्रभारी निरीक्षकद्वारा हस्ताक्षरित सूचनामा प्रदेश शासनको आदेशानुसार चिकित्सा सेवा, मेडिकल स्टोर, रोडबेज बस भने पूर्ववत् रहने सुचनामा उल्लेख छ ।

सुचनामा लकडाउन अवधिभर सर्वसाधरणलाई घरमै बस्न, सामाजिक दुरीको पालना गर्न, मास्क लगाउन, स्यानिटाइजर साबुनको प्रयोग गर्नुका साथै सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ ।

भारतमा मात्र आज सम्म ८ लाख १८ हजार ६४७ संक्रमित भएका छन् भने २२ हजार १२२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ०६ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र