३ पुस २०८२, बिहिबार | December 18, 2025

संक्रमितको संख्या थपिँदै गएपछि भारतको उत्तर प्रदेशमा ३ दिन लकडाउनमा कडाई



नेपालगञ्ज । भारत सरकारले लकडाउनलाई पूर्णरुपमा फिर्ता नलिएपनि कुहि खुकुलो बनाएको छ । लकडाउन खुकुलो भएकै कारण भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । भारत लगायत विश्वभर महामारीले उग्र रुप लिंदै गएपछि भारतको उत्तर प्रदेश सरकारले तीन दिनका लागि पूर्ण लकडाउनको घोषणा गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि भन्दै प्रदेश सरकारले १० जुलाई अर्थात् असार २६ गते राती १० बजेदेखि १३ जुलाई असार २९ गते विहान ५ बजेसम्मका लागि पूर्ण लकडाउनको घोषणा गरेको हो ।

नेपालगञ्जको भारतीय सीमावर्ती जिल्ला बहारइच अन्तर्गत आदर्श थाना रुपईडिहाले शुक्रवार जारी गरेको सूचनाअनुसार उक्त अवधिमा आवश्यक सेवाबाहेक हाटबजार, पसल निजी सवारी साधन र सामान्य आवागमनमा समेत प्रतिबन्ध लगाइएको छ ।

रुपईडिहा थानाका प्रभारी निरीक्षकद्वारा हस्ताक्षरित सूचनामा प्रदेश शासनको आदेशानुसार चिकित्सा सेवा, मेडिकल स्टोर, रोडबेज बस भने पूर्ववत् रहने सुचनामा उल्लेख छ ।

सुचनामा लकडाउन अवधिभर सर्वसाधरणलाई घरमै बस्न, सामाजिक दुरीको पालना गर्न, मास्क लगाउन, स्यानिटाइजर साबुनको प्रयोग गर्नुका साथै सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ ।

भारतमा मात्र आज सम्म ८ लाख १८ हजार ६४७ संक्रमित भएका छन् भने २२ हजार १२२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ०६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका