२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्जमा चोरी गर्न नाबालिगको प्रयोग



नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानमा भएको चा्ेरीको घटनामा नाबालिगको प्रयोग हुने गरेको पाइएको छ । चोरीको घटनाका् अनुसन्धान गर्ने क्रममा धमाधम बालबालिका चोरीमा संलग्न भेटिएसँगै बाँकेमा चोरीका नाबालिग प्रयोग हुने गरेको पुष्टि भएको हो ।

नेपालगन्जमा भएका चोरीका घटनामा प्रहरीले बालक संलग्न रहेको फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो पटक भएका चोरीका घटनामा बालकको संलग्नता रहेको जनाएको छ । चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले ११ वर्षदेखि १५ वर्ष उमेर समुहका ६ जना बालकलाई पक्राउ गरेको छ ।

नगरका विभिन्न ठाउँका भएका सानाठूला चोरीका घटना बालक संलग्न रहेको पाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । पक्राउ परेका ६ जनामध्ये ११ वर्षका दुई जनालाई अभिभावकको जिम्मा लगाइएको छ र चार जनाविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको प्रवक्ता डाँगीले जानकारी दिए ।

विगतमा चोरीका घटनामा पक्राउ गरेर उमेर सानो भएकाले छोडिएकाहरु फेरि त्यही काममा लागेको पाइएको प्रहरीको भनाई छ । पक्राउ परेका बालकहरुले सटर फोर्ने, झ्यालको भेन्टिलेटरबाट छिरेर चोरी गर्ने गरेको स्वीकारेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : ५० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय