२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाकिस्तानमा आत्माघाती बम बिष्फोट, ३५ जनाको मृत्यु



इस्लामबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

इस्लामिक राजनीतिक दल जमियत उलेमा-ए-इस्लाम-फजल (जेयूआई-एफ) को सम्मेलनमा यो विस्फोट भएको हो । सो बम विष्फोटका धेरै भिडियोहरु सामाजिक सञ्जालमा पनि बाहिरिएका छन् ।

भिडियोमा जमियत उलेमा-ए-इस्लाम-फजलका नेताले कार्यक्रमलाई सम्बोधन गरिरहेको र मानिसहरु जिन्दाबादको नारा लगाएको देख्न सकिन्छ । त्यसपछि ठूलो आवाज आउँछ। यसपछि त्यहाँ अराजकता छ । आत्मघाती हमलाकारीद्वारा गराइएको विष्फोट बाजौर आदिवासी जिल्लाको खारमा अपराह्न ४ बजे भएको थियो ।

पाकिस्तानी मिडियाका अनुसार विस्फोटको समयमा सम्मेलन स्थलमा ५०० भन्दा बढी मानिस उपस्थित थिए। प्रहरी डीआईजी (माल्काण्ड रेन्ज) नासिर महमूद सत्तीले प्रारम्भिक अनुसन्धानबाट यो आत्मघाती विस्फोट भएको बताए । विष्फोटको प्रकृति पत्ता लगाउन प्रमाण संकलन भइरहेको छ ।

उनले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरिएको बताए । अहिलेसम्म कुनै पनि आतंकवादी समूहले यस हमलाको जिम्मेवारी लिएको छैन । जेयूआई एफ प्रमुख मौलाना फजलुर रहमानले घटनाको छानबिन गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र प्रान्तका कार्यवाहक मुख्यमन्त्री आजम खानसँग माग गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : ३७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले