३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

पूर्वाधार विकासमा सहयोग गर्न महासङ्घ अध्यक्ष ढकालको वित्त निगमलाई आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ ।

साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत् लगायतका पूर्वाधार विकास एवम् लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको महासङ्घको भनाइ छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग निगमका उपाध्यक्ष सुसन लनको आज भएको भेटमा उक्त आग्रह गरिएको हो । कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मूलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र सङ्कुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले बताए ।

निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मूल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घटदै गएको उनको भनाइ छ । सो अवसरमा नेपालको तीन दिने भ्रमणमा रहेकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासङ्घसँग सहकार्य गर्न आपूm तयार रहेको बताइन् ।

पछिल्लो समय निगमसँगको सहकार्यमा महासङ्घले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो । महासङ्घले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सीप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो । लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धन लगायतका विषयको नेतृत्व गर्छिन् ।

भेटका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताए । महासङ्घका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवद्र्धन आवश्यक रहेको बताए ।

महासङ्घ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको धारणा राखेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ४ : ०३ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा