२१ माघ २०८२, बुधबार | February 4, 2026

लमजुङमा जुवा खालमा प्रहरी अप्रेसन : साँढे चारलाख सहित २२ जुवाडे पक्राउ



लमजुङ ।  लमजुङ प्रहरीले विहिबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेकाे छ ।

बेसीसहरबाट खटिएकाे प्रहरी अप्रेसन टाेलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लाे पामचाेक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हाे । उनीहरूकाे साथबाट करिब साँढे ४ लाख रूपियाँसहित काैडा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा छिमेकी जिल्ला गाेरखाका र केही लमजुङका रहेका छन् । उनीहरूकाे पहिचान गर्न मुचुल्का उठाउने काम भैरहेकाे प्रहरीले जनाएकाे छ ।

विशेष सुराककाे आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएकाे थियाे । जुवाडेले प्रयाेग गर्ने गरेकाे सेताे गाडीकाे प्रहरीले केही समयदेखि फलाेअप गरिरहेकाे स्राेतले बतायाे ।

घटनाबारे विस्तृत विवरण प्रहरीले दिएकाे छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याईएकाे र मुचुल्का उठाउने कार्य भैरहेका बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ३१ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु