९ बैशाख २०८३, बुधबार | April 22, 2026

भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा कर्णालीका १० जना बेपत्ता



सुर्खेत । भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा कर्णालीका १० जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाका १० जना बेपत्ता रहेको भारतीय मिडिया जागरणले उल्लेख गरेको छ ।

बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको बताइएको छ । यसैगरी हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका थिए ।

उनको होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएको जागरणले जनाएको छ । पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर छन् ।

उनीहरूको थर भने खुलेको छैन। वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् । बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको खबरमा उल्लेख छ तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुलेको छैन ।

बेपत्ता हुनेमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी रहेका छन् ।

पहिरोबाट होटललाई मन्दाकिनी नदीमा खसेको खवरमा उल्लेख छ। बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको जागरणले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ४६ बजे

संघीय संसदको वर्षे अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा