३ असार २०८३, बुधबार | June 17, 2026

रुसी बन्दरगाहमा पहिलोपटक युक्रेनी ड्रोन हमला, युद्धपोतमा व्यापक क्षति



किभ । युक्रेनले रुसी बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणमा परी रुसी युद्धपोतमा क्षति पुगेको छ । विदेशी मिडियाका अनुसार युक्रेनले आक्रमणको पुष्टि गरेको छ ।

आक्रमणका कारण केही घण्टासम्म समुद्री यातायात प्रभावित भएको थियो । रुस-युक्रेन द्वन्द्वको १८ महिनामा पहिलो पटक व्यापारिक रुसी बन्दरगाहलाई निशाना बनाइएको हो ।

विदेशी सञ्चारमाध्यमका अनुसार रुसको ब्ल्याक सी पोर्ट नौसेनाको आधार हो । त्यहाँ एक जहाज निर्माण यार्ड र एक तेल टर्मिनल पनि छ । निर्यातका लागि बन्दरगाह महत्वपूर्ण छ । यो क्रिमिया र युक्रेन को लगभग ११० किलोमिटर पूर्व स्थित छ । युक्रेनको सुरक्षा सेवाका एक अधिकारीले उक्त हमला देशको नौ सेना र सुरक्षा सेवाले संयुक्त रुपमा गरेको बताए ।

जसका कारण रुसी नौसेनाको अवतरण जहाज ओलेनेगोर्स्की गोर्न्याकमा क्षति पुगेको छ । आक्रमणको कारण सो रूसी युद्धपोत अब कुनै पनि लडाई अपरेसनमा संलग्न हुन सक्दैन ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने कि देशको सुरक्षा सेवा ( एसबीयू) बाट साे रिपोर्ट प्राप्त गरिएकाे हाे । तर, उनले प्रतिवेदनमा के छ भन्ने कुरा भने खुलाएनन् । उनले भने कि ‘म यति मात्र भन्न चाहन्छु कि हामी सबै युक्रेनको सुरक्षा सेवाप्रति आभारी छौं ।’

यसअघि बुधवार रूसी ड्रोनले युक्रेनको ओडेसामा अनाज केन्द्रहरूमा ठूलो क्षति पुर्‍यायो, जसले ठूलो आगलागी गर्‍यो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : १८ बजे

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५