२८ मंसिर २०८२, आइतबार | December 14, 2025

मन्त्री गुरूङ भन्छन्, – दोहोरो नागरिकता मिल्दैन, नेपाली नागरिकता चाहिए नेपालनै फर्क



लण्डन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपालमा दोहोरो नागरिकताको व्यवस्था नहुने बताएका छन् ।

गैरआवासीय नेपाली संघ, युकेद्धारा शनिबार आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’विषयक‘भर्चुअल’ बैठकमा बोल्दै दोहोरो नागरिकता दिने सरकारी नीति नभएको बताउँदै गुरूङले नेपाली नागरिकता चाहिएका नेपाल फर्किन सुझाव दिए । उनले सबै नेपालीहरुलाई देशमा फर्किए नागरिकता दिइने बताए ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्गले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ–संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले कोरोना भाईरसका कारण विदेशबाट फर्किएका महिलाहरुको पीडालाई सम्बोधन हुनेगरी सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने बताएका हुन् । उनले कोरोना भाईरसका कारण स्वदेश फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका कार्यक्रम ल्याउने तयारी भइरहेको पनि बताए ।

मन्त्री गुरुङले नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरुलाई ‘उद्यमशीलता र उत्पादन’ माजोडने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको पनि स्मरण गराए । उनले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सहयोग गर्न पनि प्रवासमा रहेका महिला नेतृहरुलाई आग्रह गरे ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले कोरोना भाइरसबाट प्रभावित महिलाहरुका लागि आत्मनिर्भर हुने गरी आय आर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गरेकी थिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, यूकेकी अध्यक्ष पुनम गुरुङसहित गैर–आवासीय नेपाली संघमा आवद्ध महिला नेतृहरुले कोरोना भाईरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा १ दर्जन भन्दा बढी देशका गैरआवासीय नेपालीहरुको उपस्थिती थियो । कार्यक्रम संयोजन रोजिना राईले गरेकी थिइन् भने कार्यक्रम संचालन पत्रकार निर्मला शर्माले गरेकी थिईन् । संघ महासचिव फणिन्द्र भट्टराई कार्यक्रमको सारअंश प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : १९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर