१३ असार २०८३, शनिबार | June 27, 2026

सरकार वार्ता गर्ने बेलामा गालीगलौजमा उत्रियो : रामचन्द्र पौडेल



काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताएका छन् ।

नेता पौडेलले शनिबार गण्डकी प्रदेशका कांग्रेस नेता तथा कार्यकर्तासँग गरेको भर्चुअल बैठकमा उनले वर्तमान सरकारले राष्ट्रियताको सवालमा कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताएका हुन् ।

नेता पौडेलले वर्तमान सरकार वार्ता गर्ने बेलामा गालीगलौजमा उत्रिएर भारतसँग वार्ताको वातावरण बिगारेको आरोपसमेत लगाए । ‘वर्तमान सरकार गरिबी, अशिक्षा तथा महामारी रोक्न असफल भएको छ,’ उनले भने । वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शङ्का नगर्न आम नेता कार्यकर्तालाई आग्रहसमेत गरेका थिए ।

फागुनमा महाधिवेशन गर्न पर्याप्त समय रहेको उनको भनाइ थियो । का‌ंग्रेसको क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने वरिष्ठ नेता पौडेलले बताए । रासस

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : १९ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट