१४ चैत्र २०८२, शनिबार | March 28, 2026

भैरहवाबाट काठमाडौ पुगेको बसबाट ३५ लाख बढी नक्कली नोट बरामद



काठमाडौं । भैरहवाबाट काठमाडौ पुगेको एउटा यात्रुबाहक बसबाट प्रहरीले ठुलो परिमाणामा नक्कली नोट बरामद गरेको छ । काठमाडौंको नागढुंगामा चेकजाँचका क्रममा प्रहरीले लु १ प ५ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक बसबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको हो ।

भैरहवाबाट जादै गरेको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको छ ।

घटनाको अनुसन्धानमा थप ९ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर बताउने ४० वर्षीय अर्जुन सुबेली, सिन्धुपाल्चोक कोठे घर बताउने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका–६ घर बताउने २३ वर्षीय शिव भण्डारी, मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी, झापाको कमल गाउँपाकिाल ३ घर बताउने २९ वर्षीय युवराज राई, आछामको मल्लेख गाउँपालिका–२ घर बताउने अर्जुन बुढा, गुल्मीको वाडागाउँ गाउँपालिका–२ घर बताउने सागर आचार्य र नवलपरासप्को सरावल गाउँपालिका–१ घर बताउने पार्वती नेपाली रहेको प्रहरीले जनाएको छ।

गाडीका चालक र सह–चालकलाई सो कार्टुनमा  ‘अचार छ’ भनी लुम्बिनी बसपार्कबाट पठाइएको प्रहरीले बताएको छ। त्यसपछि प्रहरी वृत्त थानकोट र नागढुंगाबाट खटिएको प्रहरी टोलीले चालक र सह–चालकलाई समेत लगी थप अनुसन्धान गरेको थियो।

अनुसन्धानको क्रममा गोंगबु बसपार्क र चाँगुनारायणबाट अन्य १ हजार ७ सय २ थान एक हजारका नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

यस अघि बिहिबार मात्र प्रहरीले भक्तपुरबाट पनि १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको घटानाको प्रहरीले एकसाथ सार्बजनिक गरेको हो । भक्तपुरमा पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि प्रहरीले बरामद भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ३ : १५ बजे

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल