२० मंसिर २०८२, शनिबार | December 6, 2025

सन्नी देओलको गदर-२ को ४० करोडको ओपनिङ, सलमान खानले दिए बधाई



मुम्बई। सन्नी देओलको गदर-२ ले पहिलो दिनमै धमाका मच्चाएको छ ।

हिजो अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ ।

फिल्मलाइ दर्शकहरूले अत्याधिक रूचाए पछि सलमान खानले पनि सो चलचित्रको तारिफ गर्न छोडेनन् । उनले सामाजिक सञ्जालमा गदर-२ को बारेमा पोस्ट गरेका छन् । गदर-२ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्, ‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर। सन्नी पाजी गजब। गदर-२ को सम्पूर्ण टिमलाई बधाई छ।

फिल्म गदर-२ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाई गरेको छ । पहिलो दिन मै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । तर, फिल्मले पहिलो दिन कति कमाइ गरेको छ भन्ने आधिकारिक तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

फिल्मको स्टारकास्टको कुरा गर्दा सन्नी देओल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार छन् । यो सन्नी देओल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो। गदर सर्वकालीन ब्लकबस्टर बनेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : ४० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय