१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

एक हिन्दू संगठनकाे घाेषणा, अक्षय कुमारलाई थप्पड हान्नेलाइ २० लाख



मुम्बई । शुक्रबारबाट रिलिज भएको अक्षय कुमारको फिल्म ओएमजी २ लाई लिएर विवाद सुरु भएको छ ।

अक्षय कुमारलाई भगवान शिवको दूतको रूपमा देखाएकोमा मानिसहरूमा चर्को आक्रोश छ । धेरैले यसलाई भगवान शिव र हिन्दू देवताहरूको अपमान भनेका छन् । अक्षय कुमारप्रतिको घृणा यति बढेको छ कि एक हिन्दू संगठनले अभिनेतालाई थप्पड मार्नेलाई २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ ।

आगराको एक हिन्दू संगठनले भगवान शिवको दूतको भूमिका खेलेर जनताको भावनामा चोट पुर्‍याउने बलिउड सुपरस्टारलाई थप्पड हानेलाई २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । अर्कोतर्फ, राष्ट्रिय हिन्दू परिषद भारतले बिहीबार अक्षय कुमारको पुत्ला र फिल्मको पोस्टर जलायो र सिनेमाघर अगाडि प्रदर्शन गर्न पनि पछि नहट्ने बताएको छ ।
अक्षय कुमारको ओएमजी २ ले रिलिजको पहिलो दिन मात्रै १० करोड कमाएको छ ।

भगवान शिवको सन्देश वाहकको भूमिका निभाएका अक्षय कुमारलाई थप्पड हान्नेलाई सो संस्थाका अध्यक्ष गोविन्द पराशरले अवार्ड दिने जनाएका छन् । उनले आफ्नो जुत्तामा माइचको जालो राखेर अक्षयले भगवान शिवको अपमान गरेको दाबी गरेका छन् । फिल्ममा सारी लगाएर फोहोर पोखरीमा नुहाउने र यी सबै कुराले भगवानको छविलाई कलंकित गर्छ । फिल्मको आलोचना गर्ने र भावनासँग खेलबाड गर्ने कार्य पाप भएको उनको भनाई छ ।

‘ओएमजी’ सन् २०१२ मा रिलिज भएको थियो र यसको दमदार कथाका कारण यो फिल्मले बक्स अफिसमा धेरै कमाई गरेको थियो । योसँगै चलचित्र ‘ओएमजी २’ को सिक्वेल पनि हलमा रिलिज भएको छ । यद्यपि अक्षयको यो फिल्मको अग्रिम बुकिङ सुस्त छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ११ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र