११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

उपराष्ट्रपति यादव साताव्यापी चीन भ्रमणमा जाँदै



काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आजबाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक वैदेशिक यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन् ।

चीनको कुनमिङ्गमा आयोजना हुने  ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा  ‘२७ औँ चीन कुनमिङ्ग आयात-निर्यात मेला’मा बिशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा जान लागेका हुन । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन ।

दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहने पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ३२ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र