१८ माघ २०८२, आइतबार | February 2, 2026

रूसी हमलामा परी २३ दिनकी युक्रेनी बालिकाको मृत्यु



किभ । रूस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन । दुवैतर्फबाट तीव्र हमला भइरहेको छ । पछिल्लो समय युक्रेनले पनि आक्रामक मनोवृत्ति देखाएको छ । जसका कारण रुस स्तब्ध भएको छ ।

युक्रेनको आन्तरिक मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार रुसले युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा मिसाइल प्रहार गरेको छ । जसमा कुल सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ दिनकी एक बालिका पनि सामेल छन् ।

रोयटर्सले युक्रेनको मन्त्रालयलाई उद्धृत गर्दै नीपर नदीको किनारमा रहेको शिरोका बाल्का गाउँमा रुसी पक्षबाट भीषण गोलीबारी हुँदा एकै परिवारका चारजनासहित पाँच जनाको मृत्यु भएको जनाएको छ । रिपोर्टका अनुसार मृत्यु हुनेमा श्रीमान्, श्रीमती, १२ वर्षीय बालक र २३ दिने बालिका रहेका छन् । यसबाहेक छिमेकी गाउँ स्टानिस्लाभमा दुई जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएका छन् ।

रुसी आक्रमणपछि खेरसनका क्षेत्रीय गभर्नर ओलेक्सान्डर प्रोकुडिनले आइतवार रुसी आक्रमणमा तीन जना घाइते भएको बताएका छन् । योसँगै कुल सात जनाको मृत्यु भएको छ । २३ दिनमा बालिकाको मृत्यु भएकोमा शोक व्यक्त गर्दै गभर्नरले यो हमलाले रुसको आतंकवादी मानसिकता झल्काउने बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ८ : ०३ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन