९ बैशाख २०८३, बुधबार | April 22, 2026

भारतको स्वतन्त्रता दिवसमा सुरक्षा कडा, ड्रोन क्यामेराबाट शंकास्पदको पहिचान गरिने



नयाँदिल्ली । भारतमा मंगलबार अर्थात अगस्ट १५ मा ७७औँ स्वतन्त्रता दिवस मनाइँदैछ ।

जसकाकारण राजधानी दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ । राष्ट्रिय राजधानी सुरक्षित रहन र मानिसहरूलाई कुनै असुविधा बिना आवतजावत गर्न सुनिश्चित गर्न अगस्ट १५ को स्वतन्त्रता दिवसमा १० हजार भन्दा बढी पुलिसकर्मीहरू शहरभर खटाइएको छ ।

प्रहरी जनसम्पर्क अधिकारी सुमन नलवाले दिल्ली पुलिसले स्वतन्त्रता दिवस समारोहको सुरक्षाको जिम्मा पाएकोमा गर्व गरेको बताए। सहरभर सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार स्वतन्त्रता दिवसको लागि शहरभर तैनाथ १० हजार प्रहरी अफिसरहरू मध्ये मुख्य स्थल लाल किल्लाको कार्यक्रमको लागि प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुदैँछन् ।

यसरी सुरक्षाका लागि खटिएका टोलीहरूमा एन्टी सबोटेज इन्भेस्टिगेशन एक्सेस कन्ट्रोल र एन्टी टेररिस्ट स्क्वाडहरू समावेश छन्, अधिकारीले भने। यस बाहेक आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० आधारित अनुहार पहिचान प्रणाली पनि आतंकवादी तत्वहरूमा नजर राख्नको लागि अवस्थित छ।

हिजो आइतबार मध्यरात देखि ठूला सवारी साधनलाई राजधानी प्रवेश गर्न रोक लगाईएको छ । सिमानाको निगरानी र गुप्तचर संकलनका लागि जवान तैनाथ गरिएको छ । आवश्यक स्थानमा ट्राफिक बन्देज लगाइएको छ र नागरिकलाई अपडेट गर्न नियमित रूपमा ट्राफिक सल्लाहहरू जारी गरिएको छ।

डिसीपी सागरसिंह कलसीले विगत दुई महिनादेखि होटल गेस्ट हाउस, पेइङ गेस्ट हाउस र लजमा अभियान खानतलासी चलिरहेकोसमेत जनाएका छन । शङ्कास्पद वस्तु र व्यक्तिको जाँच गर्न शहरका प्रत्येक चोकमा दैनिक १ सय भन्दा बढी सवारी साधनहरू जाँच गरिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १२ : ३४ बजे

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको

औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन

काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले