३१ बैशाख २०८१, सोमबार | May 13, 2024

रुसको पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६० जनाभन्दा बढी घाइते



मस्को । रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा पेट्रोल पम्पमा भएको आगलागीमा तीन बालबालिकासहित २७ जनाको मृत्यु भएको हो ।

सोमबार राति मखचकलाको राजमार्गमा रहेको सवारीसाधन मर्मत पसलमा सुरु भएको आगलागी नजिकैको पेट्रोल पम्पमा फैलिएर  विस्फोट भएको उद्धारकर्मीहरुले बताएका छन् । मखाचकला ६ लाखभन्दा बढी मानिसहरूको सहर, दागेस्तानको राजधानी हो । आगलागीको भिडियो फुटेजमा एक तले भवनमा आगलागी भएको देखाइएको छ ।

रुसको आपतकालीन मन्त्रालयले मंगलबार बिहान आगो निभाइएको जनाएको छ । घाइतेसमध्ये १० जनाको अवस्था गम्भीर रहेकोे रुसी उपस्वास्थ्यमन्त्री भ्लादिमिर फिसेन्कोले बताएका छन् । गम्भीर घाइतेहरुलाई उद्धार गर्न मखचकलामा विमान पठाइएको थियो ।

घाइते मध्ये १३ जना बालबालिका रहेका छन् । रुसी आपतकालीन सेवाले जारी गरेकोा विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ११ : ४१ बजे

नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको शिलन्यास

चितवन । चितवनको नारायणघाट र नवलपुरको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र

भारतमा चौथो चरणको मतदान आज

काठमाडौं। भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु भएको