४ पुस २०८२, शुक्रबार | December 19, 2025

दाङको काउले डाँडाको छेडामा चिउरी बगान



दाङ । दाङको घोराही—मुकृट्टी हुदै प्यूठान जोड्ने सडकखण्डको छेउमा रहेको काउले डाँडालाई जिल्लाकै पहिलो चिउरी बगान बगाउन शुरु गरिएको छ । ऐतिहासिक महत्व बोकेको गडीलेखको काखमा रहेको काउलेडाँडाको खाली बन क्षेत्रमा बहुउपयोगि चिउरीको उद्दान बनाई पर्यटकिय स्थल बनाउन लागिएको हो ।

जिल्ला सदरमुकाम घोराहीदेखि पूर्वउत्तरतर्फ नजिकमै रहेको काउले वातावरणीय दृष्टीले चिसो क्षेत्र र उक्त लेखबाट दाङको प्रायः सवै क्षेत्र देख्न सकिन्छ । काउले डाँडालाई चिउरीको बगानमा बिकास गरी आन्तरिक पर्यटक बढाउने गरी काम अघी बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् ।

चिउरी बगान बनाउनका लागि डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सिमानामा रहेको काउलेडाडाँको करिव ५ हेक्टर वन क्षेत्रमा तारबार सहित एक हजार आठ सय चिउरीका बिरुवा रोपिएको छ ।

जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र डिभिजनल प्रमुख ज्ञवालीले आइतवार चिउरी बिरुवा रोपेर काउलेको डाँडालाई चिउरी बगान बनाउने अभियानका शुभारम्भ गरेका थिए ।

सुनपुर सव डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा स्थानीय अम्विकेश्वरी सामुदायिक वन क्षेत्रमा थालिएको उक्त अभियानमा सयौ उपभोक्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

चिउरीको बगान बनाइएपछि पर्यटकीय क्षेत्रका रुपमा बिकास भएसँगै माहुरी चरण क्षेत्र, हरियाली, डालेघाँस र वनस्पती घ्यूमा समेत प्रयोग गर्न सकिने भन्दै डिभिजन वन कार्यालय प्रमुख ज्ञवालीले स्थानीयसँग सहकार्य गरेर चिउरी बगान बनाउन आफु प्रतिबद्ध भएको बताए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ५८ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म