५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारी तिव्र



बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवल १० रामनगरस्थित बुटवल अन्तरास्ट्रिय सभाहलमा हुँदै छ । नियमित जसो बसिरहने विभिन्न समितिहरुका बैठकले अधिवेशनको तयारीका कामहरु गरिरहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

सोही क्रममा बुधबार प्रचार समितिको बैठक बसि प्रचारप्रसारबारे छलफल गरेको छ । प्रदेश अध्यक्ष कंडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकमा अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने बिषयमा छलफल गरिएको प्रदेश प्रचार बिभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

कुल ८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजार भन्दा बढी प्रतिनिधि छनोट हुने छन् । प्रदेशका १ सय ९ वटै पालिकाबाट भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गरिने प्रदेश अध्यक्ष कंडेलले जानकारी दिए ।

खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना सदस्य बराबर १, जनसंगठनतर्फ प्रदेशबाट महासंघलाई ५ जना र अन्यबाट ३ जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी प्रतिनिधि छनोटको लागि मापदण्ड तय गरिएको उनले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ०४ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही