२८ असार २०८३, आइतबार | July 12, 2026

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारी तिव्र



बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवल १० रामनगरस्थित बुटवल अन्तरास्ट्रिय सभाहलमा हुँदै छ । नियमित जसो बसिरहने विभिन्न समितिहरुका बैठकले अधिवेशनको तयारीका कामहरु गरिरहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

सोही क्रममा बुधबार प्रचार समितिको बैठक बसि प्रचारप्रसारबारे छलफल गरेको छ । प्रदेश अध्यक्ष कंडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकमा अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने बिषयमा छलफल गरिएको प्रदेश प्रचार बिभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

कुल ८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजार भन्दा बढी प्रतिनिधि छनोट हुने छन् । प्रदेशका १ सय ९ वटै पालिकाबाट भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गरिने प्रदेश अध्यक्ष कंडेलले जानकारी दिए ।

खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना सदस्य बराबर १, जनसंगठनतर्फ प्रदेशबाट महासंघलाई ५ जना र अन्यबाट ३ जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी प्रतिनिधि छनोटको लागि मापदण्ड तय गरिएको उनले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ०४ बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको