१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

१५ जिल्लामा मध्यमदेखि भारी वर्षा, मेलम्ची नदीमा जलसतह बढ्यो



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ ।

बिहीबार बिहान २:३० बजेसम्म इलाम, झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाका केही ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ । यस्तै, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही र आसपास केही स्थानमा पनि मध्यमदेखि भारी बर्षा भएको विभागले जनाएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले यी जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, भोताङ लगायत धेरै स्थानमा भारी बर्षा मापन भएको जनाउँदै महाशाखाले मेलम्ची नदीमा जलसतह बढेको जनाएको छ। मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनका साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।

मेलम्ची तटीय क्षेत्रमा बिहीबार बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : ३३ बजे

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा