१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ट्रक दुर्घटनामा एकजनाको मृत्यु



कैलाली । कैलालीमा ट्रक दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ मा गएराती १ बजेको समयमा धनगढीबाट बझाङ जादै गरेको से १ ख १७३१ नम्बरको सरिया सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दुर्घटनामा परी गम्भीर घाईते भएका बझाङको बुङगल नगरपालिका २ का अन्दाजी ५० वर्षीय रामबहादुर बोहरालाई उपचारको लागि सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताए ।

यस्तै दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ५० वर्षीय नारदसिह धामी घाईते भएका छन् । ट्रक आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

चालक बुङ्गल नगरपालिका १ का ३२ वर्षीय कलक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १० : ०० बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत