१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भानु जयन्तीको अवसरमा एनआरएनएको विशेष छलफल, नेपाली भाषा र साहित्यको विश्वव्यापी प्रवद्र्धनमा जोड



काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले २०७ औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस एक विशेष कार्यक्रम गरी मनाएको छ।

संघ मातहतको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले आइतवार आफ्नो साप्ताहिक अनलाईन कार्यक्रम प्रवासी प्रवाहलाई भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस विशेष कार्यक्रमको रुपमा मनाएको हो।

सो विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको सभापतित्व गर्नु भएका एनआरएन आइसीसीका अध्यक्ष कुमार पन्तले एनआरएन नेपाली भाषा,साहित्यको प्रवर्द्धनका लागि सहयोग गर्न तयार रहेको बताए ।

अध्यक्ष पन्तले समितिमार्फत भैरहेका गतिविधिहरुको सह्राहना समेत गरेका थिए । त्यसअवसरमा कार्यक्रमका प्रमूख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कूलपति डाक्टर जगमान गुरुङले एनआरएन र प्रतिष्ठानले एकापसमा सहकार्य गरेर भाषा, साहित्यको क्षेत्रमा धेरै काम गर्न सक्ने भन्दै प्रतिष्ठानबाट प्रदान गरिने भानुभक्त पुरस्कारका लागि एनआरएनलाई सहयोग गर्न आग्रह गरे ।

यसैगरी गुरुङ भानु सर्किट निर्माणका लागि प्रतिष्ठानका तर्फबाट एनआरएनसंग सहकार्य गर्न तयार रहेको भनाई व्यक्त गरे। प्रमुख अतिथि उप–कूलपति गुरुङले भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसका रुपमा मनाउन आफुले प्रतिष्ठानको तर्फबाट आवश्यक पहल गर्ने भनाई समेत व्यक्त गरे ।

प्रमूख अतिथिको आग्रहलाई सम्बोधन गर्दै एनआरएन अध्यक्ष पन्तले एनआरएन केही गर्न चाहन्छ भन्दै पुरस्कारका लागि सहयोग गर्ने र भानु सर्किटको प्रस्ताव बारे छलफल गरेर अघि बढ्ने जानकारी दिए ।

एनआरएनका संस्थापक एवं पूर्वअध्यक्ष एवं समितिका वरिष्ठ सल्लाहकार जीवा लामिछानेले आफ्नो कार्यकालमा प्रज्ञा प्रतिष्ठान र एनआरएनका बीच आपसी सहकार्य गरेर जाने सम्झौता भएको र सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

एनआरएन भाषा,साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले स्वागत गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डाक्टर हेमनाथ पौडेल,प्रतिष्ठानका पूर्व सदस्य सचिव डाक्टर तुलसीप्रसाद भट्टराई, भाषाविद प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले नेपाली भाषा साहित्यको बारेमा प्रकाश पारेका थिए ।

यसैगरी, रुसमा बसेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा संलग्न कृष्णप्रकाश श्रेष्ठ, नेपालीभाषी भुटानी मूलका साहित्यकार डाक्टर लक्ष्मीनारायण ढकाल (हाल अमेरिका) र म्यान्मार (बर्मा) मा रहेका नेपालीभाषी साहित्यकार प्रवीणहरि प्रधान (भिक्टर) लगायतका प्राज्ञ एवं साहित्यकारहरुले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान, नेपाली भाषा(साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न भैरहेका प्रयासहरु र यसका चुनौती एवं गैरआवासीय नेपालीहरुले भाषा र साहित्यको क्षेत्रमा गरिरहेको योगदानका बारे छलफल गरेका थिए ।

एनआरएनएले यसरी बृहत रुपमा नेपाली साहित्य र भाषाका विशिष्ठ व्यक्तित्वहरुलाई सहभागी गराएर पहिलोपटक यस्तो अन्तरक्रिया कार्यक्रम गरेको हो।

करीब तीन घण्टा लामो कार्यक्रमको संचालन समितिकी सदस्य सचिव एवं प्रवासी प्रवाह कार्यक्रमकी संचालक भगवती बस्नेत र समितिका मिडिया को-अर्डिनेटर गौतम दाहालले गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १ : ३७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले