२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनीको विकासमा केन्द्रीत हुन्छु : उपाध्यक्ष लामा



लुम्बिनी । संविधानसभा सदस्य लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले लुम्बिनीको विकासको निम्ति आफू लुम्बिनी आएको बताएका छन् ।

लुम्बिनी बुद्ध धर्म संरक्षण समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका डा. लामाले आफू लुम्बिनीको विकास गर्ने गरी आएको बताएका हुन ।

विश्वभरका सवा अर्व बौद्धमार्गीहरूको सबैभन्दा ठूला पवित्र तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले विश्व जगतको आर्कषणको केन्द्रको रुपमा रहेको भन्दै यसको विकास र संरक्षण गर्नु आफ्नो मुल दायित्व रहेको बताए ।

उपाध्यक्ष डा.लामाले लुम्बिनीमा रहेको बत्तीको समस्या, भित्र सडक मार्ग र भ्रमण गर्ने महत्त्वपूर्ण स्थानहरुमा सौचालयको व्यवस्था र वस्तुभाउ लुम्बिनी परिसर भित्र आएर फोहोर गरेको समस्या भएकाले तत्काल उक्त समस्याहरुको हल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा लुम्बिनी बुद्ध धर्म संरक्षण समितिका अध्यक्ष मैत्री महास्थविर, सचीव भिक्षु सिरी वजिरलेसमग्र विहार तथा गुम्बाहरुको समस्याबारे ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ७ : ५३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति