३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

सिमानामा सुरक्षा चुस्तदुरुस्त राख्न महानिरीक्षक अर्यालको निर्देशन



कपिलवस्तु । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् । महानिरीक्षक अर्यालले सिमानामा हुने आपराधिक गतिविधिलाई निर्मूल बनाई शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरे ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तुको छैटौँ स्थापना दिवसमा उनले सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउन निर्देशन दिए । प्रदेशभर खटिएका सबै सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र विपद् व्यवस्थापनमा अनुशासन भई प्रस्तुत हुन महानिरीक्षक अर्यालले निर्देशन दिए । उनले भने, “विदेशी पर्यटक हाम्रो पाहुना भएकाले पर्यटकलाई कुनै पनि बहानामा दुःख नदिनू ।”

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सिमानाको शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि सशस्त्र प्रहरी अहोरात्र खटिँदै आएको बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ९ : ५९ बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्