१८ माघ २०८२, आइतबार | February 1, 2026

सिमानामा सुरक्षा चुस्तदुरुस्त राख्न महानिरीक्षक अर्यालको निर्देशन



कपिलवस्तु । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् । महानिरीक्षक अर्यालले सिमानामा हुने आपराधिक गतिविधिलाई निर्मूल बनाई शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरे ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तुको छैटौँ स्थापना दिवसमा उनले सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउन निर्देशन दिए । प्रदेशभर खटिएका सबै सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र विपद् व्यवस्थापनमा अनुशासन भई प्रस्तुत हुन महानिरीक्षक अर्यालले निर्देशन दिए । उनले भने, “विदेशी पर्यटक हाम्रो पाहुना भएकाले पर्यटकलाई कुनै पनि बहानामा दुःख नदिनू ।”

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सिमानाको शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि सशस्त्र प्रहरी अहोरात्र खटिँदै आएको बताए ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ९ : ५९ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका