१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अगुवाहरुले अडान नलिँदा नेवाः समुदायको पर्वहरु विवादित बन्दै : नेवाः दय् दबु लुम्बिनी

गुन्हीपुन्ही र गाईजात्रा एकै दिन अस्वीकार, लुम्बिनी प्रदेशमा भाद्र १५ गते गाईजात्रा मनाइने



बुटवल । नेवाः अगुवाहरुको कमजोर अडानका कारण नेवाः समुदायमा विभाजन आउने गरि षडयन्त्र हुने गरेको बुटवलमा क्रियाशिल नेवाः हरुले आरोप लगाएका छन् । विगत केहीवर्षबाट नेवाः पर्वहरुको विवादीत तिथिमिति राखेर पात्रो सार्वजनिक गर्ने र एउटै समुदाय भित्र फरक फरक मितिमा चाड पर्व मनाउनुपर्ने गरि भ्रम सृजना हुने गरेको उनीहरुले गुनासो गरेका छन् ।

नेवाः दयु दबु लुम्बिनी प्रदेश समितिले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेवाः समुदायको पर्वहरुमा एकरुपता ल्याउन नेवाः अगुवाहरुलाई आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेवाः दय् दबु लुम्बिनीका वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले काठमाडोंमा बस्ने नेवाः अगुवाहरुले स्पष्ट अडान नलिदिएका कारण समुदायमा भ्रम सृजना हुने गरेको बताए । उनले यसै वर्षपनि जनैपुर्णिमा र गाईजात्रा एकदिन पर्ने गरि सार्वजनिक गरिएको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले पञ्चाङ्ग समितिमा बहुमत नेवाः सदस्यहरुको प्रतिनिधित्व रहेर पनि नेवाः पर्वहरुलाई विवादमा पार्ने गरिएको टिप्पणी गरे ।

उनले परम्परादेखि जनैपुर्णिमा अर्थात गुन्हीपुन्ही (क्वाँटी पुन्ही)को भोलिपल्ट मात्र गाईजात्रा (सापारु) मनाउने चलन हुँदा हुँदै एकैदिन पुर्णिमा र गाइजात्रा पर्व रहेको पात्रो सार्वजनिक भएका कारण समुदायमा भ्रम उत्पन्न भएको बताए । उनले अघिल्लो वर्ष म्ह पुजा, न्हु दयाः भिन्तुना र लक्ष्मी पुजा जुधेका कारण भ्रम उत्पन्न भएको बताउँदै यसवर्ष गाईजात्रालाई पुर्णिमाका दिन राखेर भ्रम सृजना गरिएको बताए ।

पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै नेवाः दय् दबुका प्रदेश सचिव तथा नेवाः सेवा समिति रुपन्देहीका अध्यक्ष चिरन्जिवी श्रेष्ठले सापारुलाई विवादस्पद बनाउने र समुदायमा विभाजन ल्याउन लगातार गरिएको प्रयत्न प्रति आपक्ति जनाए । नेपाल सम्वत् अनुसार यो वर्ष भाद्र १३ गते अपरान्हबाट सुरु भएको पूर्णिमा तिथी १४ गते अपरान्हसम्म रहने भएकाले १४ गते गुन्ही पुन्ही, क्वाती पुन्ही (जनैपूर्णिमा) मनाउने र भदौ १५ गते सापारु जात्रा मनाउने निर्णय भएको उनले बताए ।

नेवाः समुदायको चन्द्रमाका आधारमा आफ्नै पात्रो र तिथि रहेको दाबी गर्दै उनले नेवाः पात्रो अनुसार निर्धारण गरिएको पर्व बैज्ञानिक रहेको स्मरण गराए । आफ्नै सभ्यता, भाषा, लिपी र मान्यता बोकेको नेवाः समुदायमा भ्रम हुने गरि पन्चाङ्ग पात्रोलाई आधार मानेर एकै दिन मान्नुपर्ने पर्वलाई दुईदिन पार्ने, दुईदिन मान्नु पर्ने पर्वलाई एकै दिन पार्ने जस्ता कार्यहरु भइरहेकाले नेवाः दय् दबुले सम्पूर्ण समुदायलाई एकताबद्ध तरीकाले नेवाः पात्रोका आधारमा पर्व निर्धारण गर्न उनले आग्रह गरे ।

यसवर्ष पनि बजारमा वितरण भएको पात्रोमा जनै पुर्णिमा र गाईजात्रा एकैदिन रहेको भ्रमपूर्ण सूचना संप्रेषण भएको जनाउँदै उनले परम्परादेखि पुर्णिमाको भोलिपल्ट मात्र गाईजात्रा (सापारु) मनाउने चलन अनुसार भाद्र १५ गते सापारु मनाउने दय् दबुले निर्णय गरेको जानकारी दिए ।

नेवाः दय् दबुले नेपाल भरी भाद्र १४ गते गुन्हीपुन्ही, क्वाटी पुन्ही (जनैपुर्णिमा) मनाउने र २०८० भदौ १५ गते सापारु जात्रा मनाउने निर्णय गरेको छ । नेवाः दय् दबूमा आवद्ध नभएको केही नेवाः समुदायले भने भाद्र १४ गते नै सापारु जात्रा गर्ने गरि सूचना जारी गरेका छन् ।

गुन्ही पुन्हिका दिन छोरी चेली बोलाएर क्वाँटी खुवाउने चलन रहँदै आएको हुँदा पनि त्यही दिन सापारु गाइजात्रा निकाल्न नसकिने र अब्यवहारीक हुने उपाध्यक्ष श्रेष्ठको भनाई छ । यस दिन चार दिन अघिदेखि भिजाइएको ९ थरिका गेडागुडीको झोल खाने गरिन्छ । जसलाई ‘क्वाँटी’ खाने दिन भनिन्छ । यसलाई नेपाल भाषामा भने ‘क्वाती’ भनिन्छ ।

जसमा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल भन्ने हुन्छ । क्वाँटी ९ थरिका गेडागुडीको मिश्रण हो । मास, भटमास, मस्याङ, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला, मुंगुलगायत गेडागुडीको मिश्रण नै क्वाँटी हो ।

गाईजात्राका दिन मृत्यु भएको घरबाट मृत आत्माको चिरशान्तिको कामना गर्दै सापारु निकाल्ने र एकै स्थानमा भेला भएर आफन्त र नेवाः सदस्यको घरघर परिक्रमा गर्दै समापन गर्ने परम्परा रहँदै आएको छ ।

पत्रकार सम्मेलनमा नेपालीहरुको मौलिक सम्बत नेपाः सम्बतलाई राष्ट्रिय सम्बतकारुपमा मान्यता दिँदै नेवाः पात्रोका आधारमा नेवाः समुदायको पर्व निर्धारण तथा सार्वजनिक बिदाको ब्यवस्था गर्न समेत माग गरिएको छ । सेवा समितिका अध्यक्ष श्रेष्ठले गाईजात्राका दिन काठमाडौं उपत्यकामा मात्र होईन देशैभरका नेवाः समुदायलाई सार्वजनिक विदा दिन माग गरे । ‘ईदमा मुस्लिमलाई, तीजमा महिलालाई विदा दिन मिल्छ भने गाईजात्रामा नेवाः समुदायलाई विदा दिन किन नमिल्ने ?’ उनले प्रश्न गरे । नेवा: बाहुल्य बुटवल जस्ता शहरहरुमा स्थानीय तहबाटै सार्वजनिक बिदाको ब्यवस्था हुनुपर्ने उनको माग छ ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ३ : ३६ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर