२२ पुस २०८२, मंगलबार | January 6, 2026

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध



उदयपुर । निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका-६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनःअवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि आएको निरन्तर वर्षाका कारण शुक्रबार बिहान उदयपुर गढीको मौवासी खोलाको पुल नजिकै मदन भण्डारी लोकमार्ग खण्डमा खोलापारीको माथिल्लो पाखाबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

मदन भण्डारी लोकमार्गमा सडक अवरुद्ध भएपछि राजधानी काठमाडौंबाट पूर्व आउँदै गरेका सवारी साधन जिल्लाको कटारी क्षेत्रमा रोकिएका छन् । पूर्वबाट राजधानी काठमाडौं हिँडेका सवारी साधन उदयपुरको गाईघाटमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए ।

शुक्रबार बिहानैदेखि अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको भए पनि वर्षाका कारण र ठूलो परिमाणमा सडकमा माथिल्लो खण्डबाट पहिरोसँगै ठूला ढुङ्गासहित लेदो खसेका कारण सडक खुलाउन कठिन भइरहेको सो सडक डिभिजनका प्रमुख ९डिइ० गोपालप्रसाद खकुरेलले बताए ।

अझै निरन्तर वर्षा जारी रहेको र पहिरोमा झण्डै पचास मिटर क्षेत्रफलभन्दा बढी सडक खण्डमा माटो र ठूला ढुङ्गा खसेका कारण हटाउन कठिन भइरहेको उनले बताए ।

प्रहरीका अनुसार उदयपुगढीको मौवासीमा पहिरोका कारण यसपटक यो तेस्रोपटक सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सडक खुलाउन सडक कार्यालयसहितका प्राविधिक, मजदूर र कर्मचारी निरन्तर लागिपरेको प्रमुख खकुरेलले बताए ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  १ : ४२ बजे

कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ

काठमाडौँ । प्रहरीले कारागारबाट फरार प्रतिवादीसहित मोटरसाइकल चोरी गरेको अभियोगमा

खजुरा गाउँपालिकाको ६ महिनामा २५ प्रतिशत खर्च, पुँजीगत खर्च ४ प्रतिशत

खजुरा । बाँकेको खजुरा गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा

बाँकेको कोहलपुर र खजुराबाट श्रीमान श्रीमतीसहित लागुऔषध कारोबारेहरु पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँकेको कोहलपुर र खजुराबाट लागु औषधका

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

काठमाडौँ । नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त

काठमाडौ । एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा