२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

शिवराज नगरपालिकाबाट कृषकलाई कृषि सामाग्री वितरण



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले व्यावसायिक किसानलाई कृषि सामग्री वितरण गरेको छ ।

नगरका सात पशुपालक किसानलाई घाँस उत्पादनका लागि घाँसको बीउ र पम्पसेट वितरण गरेको छ । सात पशुफार्मका सञ्चालकलाई नगरप्रमुख नेत्रराज अधिकारीले सामग्री वितरण गरेका हुन् ।

नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को पशु विकासतर्फ पशु आहार कार्यक्रमअन्तर्गत घाँसको बीउ उत्पादन स्रोत केन्द्र तथा नमूना नर्सरी स्थापना शीर्षकअन्तर्गत नगरमा सञ्चालनमा रहेका उन्नत कृषि तथा पशुपालन फार्मका जीवलाल काफ्लेले घाँसको बीउ र पम्पसेट पाएका छन् ।

यस्तै, भितिरियाको श्री सोनवागढ बहुउद्देश्य कृषि फार्मका सञ्चालक राजु खराल, सेमरीको कपिल गाई तथा भैँसीपालन फार्म सञ्चालक कपिल यादव, ककरहवाको एग्रिकल्चर पोल्ट्री फार्म सञ्चालक सुरज पाण्डेले पनि पम्पसेट र घाँसको बीउ पाएका छन्

यसैगरी पम्पसेट, घाँसको बीउ पाउनेमा मामा भान्जा बहुउद्देश्य कृषि तथा पशु फार्म सञ्चालक ताराप्रसाद घिमिरे, सिद्ध पशु तथा कृषि फार्म सञ्चालक वीरबहादुर सुनार र इन्द्रप्रताप सेन ररहेका छन् ।

त्यस अवसरमा नगरप्रमुख अधिकारीले किसानले उन्नत जातको घाँस उत्पादन गरी पुनः नगरलाई २० प्रतिशत निःशुल्क बीउ प्रदान गर्नुपर्ने बताए । उनका अनुसार यसबाट अर्को वर्ष उन्नत बीउ खरिद गर्न नपर्ने र अन्य किसानलाई वितरण गर्न सजिलो हुनेछ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ०५ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,