३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा पोथीबाघ


१० भाद्र २०८०, आइतबार  

208
Shares

बाँके । मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिइ बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ ।

सल्यानको कालिमाटी गाउँपालिका–७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिइ संरक्षणका लागि निकुञ्जमा राखिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए ।

उक्त पोथीबाघले सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरुवानीमा दुई जनालाई आक्रमण गरी मारेको थियो । अधिकृत शाहका अनुसार नियन्त्रणमा लिइएको उक्त पोथीबाघ १२ वर्ष उमेरको छ । दुई सय ६८ सेन्टिमिटर लम्बाइ रहेको पोथीबाघको उचाइ ९८ सेन्टिमिटर छ भने छातिको गोलाई ९४ सेन्टिमिटर भएको उनले जानकारी दिए ।

हाल बाघको स्वास्थ्य अवस्था पूर्णरुपमा राम्रो रहेको शाहको भनाइ छ । उनका अनुसार बाघको रेखदेखका लागि हेमराज चौधरी, दीपेन्द्र खड्का, हिरेप्रसाद जैसी र हेमराज रोकाय गरी निकुञ्जका चार जना गेम स्काउट खटिएका छन् ।

गेम स्काउट दीपेन्द्र खड्का अनुसार बाघलाई आहारका रुपमा एक पटकमा १५ केजी भैँसीको मासु खुवाउने गरिएको छ । “भोकाएको अवस्था बुझेर तीनदेखि पाँच दिनको फरकमा आहारका रुपमा भैँसीको मासु दिने गरेका छौँं”, उनले भन्नुभयो । बाघ बस्ने ठाउँको आवश्यकताका आधारमा सरसफाइ पनि भइरहेको खड्काले जानकारी दिए।

उनले भने, “बाघलाई तीन वटा ब्लकमा राखिएको छ । तीनमध्ये एउटामा बाघलाई थुनेर राख्छौँ र अन्य दुई वटा ब्लक सफा गर्छौँ । सफा गरिएको ब्लकमा मासु राखिदिएर बाघले मासु खान गएको मौका छोपी फेरि अर्को ब्लक सफा गर्छौँ ।” बाघलाई आहार दिँदाभन्दा फोहर सफा गर्दा बढी खतरा हुने गेम स्काउट खड्काले बताए । उनका अनुसार संरक्षणमा राखिएको उक्त बाघको आवाज सुनेर संरक्षित क्षेत्रभन्दा बाहिर पनि बाघ देखा पर्ने गरेका छन् ।

वन्यजन्तुका लागि बनाइएको उक्त ‘होल्डिङ केज’को क्षेत्रफल एक सय ८६ मिटर रहेको गेम स्काउट हेमराज रोकायले जानकारी दिए । “उक्त क्षेत्रफलभित्र तीन वटा ब्लकमा मांसहारी वन्यजन्तु संरक्षणका लागि घर बनाइएको छ”, उनले भने, “सोही घरमा पोथीबाघलाई संरक्षणका लागि राखिएको छ ।”

खैरी चेक पोष्टमा रहेको उक्त क्षेत्रको सुरक्षा नेपाली सेनाको अर्जुनवाण गणअन्तर्गतको शिवखोला गुल्मको टोलीले गरिरहेको गणपति अशोक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : ०९ बजे

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम