६ पुस २०८२, आइतबार | December 21, 2025

रोमानियामा ग्याँस बिष्फोट, दुइ जनाको मृत्यु ५६ घाइते



बुखारेष्ट । रोमानियाको राजधानी बुखारेस्ट नजिकैको एलपीजी (लिक्वि फाइड पेट्रोलियम ग्यास) स्टेशनमा भएका दुई विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो जानकारी दिएको हो ।

सरकारका अनुसार बुखारेस्टको उत्तरमा रहेको क्रेभेडिया कम्युनमा आगो निभाउन सहयोग गर्ने ३९ जना अग्निनियन्त्रक दोस्रो आगलागीमा घाइते भएका छन् ।

साथै, अस्पतालका प्रतिनिधि र स्थानीय सञ्चारमाध्यमले घाइतेमध्ये १० भन्दा बढीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । रोमानियाको आपतकालीन अवस्था निरीक्षण कार्यालयले आगलागी भएपछि करिब २५ वटा दमकललाई घटनास्थलमा लगिएको अल जजीराले जनाएको छ ।

यद्यपि प्रधानमन्त्री मार्सेल सिओलाकुले घाइतेहरुलाई उपचारका लागि विदेश पठाउन सकिने बताएका छन् । सिओलाकु विष्फोटपछि गृह मन्त्रालयमा बसेको क्राइसिस सेलको बैठकमा सहभागी भए पछि उनले सो प्रतिक्रिया दिएका हुन ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ७ : ३२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको