९ श्रावण २०८३, शनिबार | July 26, 2026

रोमानियामा ग्याँस बिष्फोट, दुइ जनाको मृत्यु ५६ घाइते



बुखारेष्ट । रोमानियाको राजधानी बुखारेस्ट नजिकैको एलपीजी (लिक्वि फाइड पेट्रोलियम ग्यास) स्टेशनमा भएका दुई विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो जानकारी दिएको हो ।

सरकारका अनुसार बुखारेस्टको उत्तरमा रहेको क्रेभेडिया कम्युनमा आगो निभाउन सहयोग गर्ने ३९ जना अग्निनियन्त्रक दोस्रो आगलागीमा घाइते भएका छन् ।

साथै, अस्पतालका प्रतिनिधि र स्थानीय सञ्चारमाध्यमले घाइतेमध्ये १० भन्दा बढीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । रोमानियाको आपतकालीन अवस्था निरीक्षण कार्यालयले आगलागी भएपछि करिब २५ वटा दमकललाई घटनास्थलमा लगिएको अल जजीराले जनाएको छ ।

यद्यपि प्रधानमन्त्री मार्सेल सिओलाकुले घाइतेहरुलाई उपचारका लागि विदेश पठाउन सकिने बताएका छन् । सिओलाकु विष्फोटपछि गृह मन्त्रालयमा बसेको क्राइसिस सेलको बैठकमा सहभागी भए पछि उनले सो प्रतिक्रिया दिएका हुन ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ७ : ३२ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको