८ आश्विन २०८३, बिहिबार | September 24, 2026

शौचालय नभएपछि सेवा सुविधा रोक्का



चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले शौचालय नबनाउने वडाध्यक्षसहित कर्मचारीको सेवा सुविधा रोक्का गरेको छ ।

खानेपानी तथा सरसफाइ कार्यविधि, २०७६ बमोजिम वडा नं १ अध्यक्ष इन्नर चौधरीसहित कर्मचारी शिक्षकको सेवा सुविधा रोक्का गर्न सिफारिस गरिएको छ । खानेपानी तथा सरसफाइ कार्यक्रमका वास संयोजक अर्जुन बेल्वासेसहितको टोलीले जनप्रतिनिधि र कर्मचारीको घरमा शौचालय भए/नभएको निरीक्षण गरेको थियो ।

निरीक्षणमा वडाध्यक्ष इन्नरको घरमा शौचालय नभएको पाइएको छ । वडा नम्बर ७ बडसुडका जनज्योति आधारभूत विद्यालय मानपुर-ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ । वडा नम्बर १ गुगौलीका गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन सङ्गम खटिक, वडा नम्बर १ गुगौलीकै गाउँपालिका-६ बद्धौर आधारभूत स्वास्थ्यचौकीका कार्यालय सहयोगी राजेश कोरीको घरमा शौचालय छैन ।

वडा नम्बर २ महुवादुधारका वडासदस्य सोमइ केवट, वडा नम्बर २ पडरियाका पशु विकास शाखाका कार्यालय सहयोगी हेमराज तेलीले खुला ठाउँमा शौच गर्ने गरेका छन् । वडा नम्बर २ बगहियाका गुगौली स्वास्थ्यचौकी कार्यालय सहयोगी त्रिभुवन भरले शौचालय निर्माण गरेको तर ढोका नलगाइएको फोहर अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ ।

शौचालय नभएका जन-प्रतिनिधि, कर्मचारी र शिक्षकको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्क गर्न गाउँपालिकालाई सिफारिस गरिएको वास संयोजक बेल्वासेले बताए । गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ७ : ११ बजे

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि एक हजार रुपैयाँ दरको

एसियाली खेलकुद प्रतियोगिता : टेबलटेनिसमा नेपालका खेलाडी पराजित

काठमाडौं । जापानमा जारी वीसौँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ अन्तर्गत टेबलटेनिसको

विपद् जोखिम घटाउन कामपाको पूर्वतयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य

५९ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (असोज ८ गते)

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

काठमाडौँ । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान